• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

उत्तर कोरियाले अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त पार्यो

 

सियोल । उत्तर कोरियाली दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ । दुबै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनाबकै बीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अपराह्न २ः४९ मिनेटमा ध्वस्त बनाइएको जनाएको छ । यस बारेमा मन्त्रालयले कुनै थप विवरण दिएको छैन ।

योनहाप न्यूज एजेन्सीले सम्प्रेषण गरेका तस्वीरहरुमा अन्तर–कोरियाली सम्पर्क कार्यालय रहेका स्थानहरुबाट धुँवाको मुस्लो उडेको देखिएको छ । एजेन्सीका अनुसार हाल बन्द रहेको औद्योगिक क्षेत्रमा अन्तर–कोरिया सम्पर्क कार्यालय रहेका थिए । उत्तर कोरियाले उक्त सम्पर्क कार्यालय भत्काउने यसअघि नै धम्की दिँदै आएको थियो । खासगरी सीमावर्ती क्षेत्रबाट दक्षिण कोरियाली अधिकारवादी समूह तथा व्यक्तिहरुले उत्तर कोरियाली नेताविरुद्ध पर्चाहरु बेलुनमार्फत उडाएको र त्यसलाई रोक्न दक्षिणले पर्याप्त काम नगरेको उत्तर कोरियाली आरोप लगाउँदै आएको थियो ।

केही विज्ञहरुले भने अमेरिकी अग्रसरतामा उत्तर कोरियाविरुद्ध लगाइएका प्रतिबन्धहरुका कारण संयुक्त आर्थिक परियोजनाहरु पुनः शुरु गराउन दक्षिण कोरिया असफल भएकाले त्यसैको रिस फेर्न संयुक्त कार्यालय ध्वस्त बनाइएको बताएका छन् । शनिबार राति उत्तर कोरियाली नेताकी बहिनी किम यो जोङले उपयोगिताविहीन अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त पारिदिने चेतावनी दिएका थिए । सन् २०१८ मा दुबै कोरियाबीच सहमतिका अनुसार काइसोङमा पहिलो सम्पर्क कार्यालय स्थापना गरिएको थियो ।

यस कार्यालयले दुबै मुलुकबीचको संचार सम्पर्कलाई सहज र सुदृढ बनाउने लक्ष्य राखिएको थियो । यो कार्यालय स्थापना हुँदाताका दुबै कोरियाबीचको सम्बन्ध निकै प्रगाढ भएको थियो । उत्तर कोरिया आणविक निःशस्त्रीकरण वार्तामा पनि बसेको थियो । अघिल्लो मङ्गलबार उत्तर कोरियाली सेनाले अन्तर–कोरियाली शान्ति सम्झौता बमोजिम तोकिएको असैनिक क्षेत्रमा पुनः प्रवेश गर्ने चेतावनी दिएको थियो । उत्तर कोरियाली नेता किम जङ अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ को शुरुमा भियतनाममा भएको दोस्रो द्विपक्षीय वार्ता विना निष्कर्ष समाप्त भएसँगै दुबै देशबीचको सम्बन्ध सोचेजति सकारात्मक हुन सकेको छैन ।

 

मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.