• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विश्वमा कोरोना महामारीको दोस्रो लहर सुरू

"चीनलगायत देशमा फेरि संक्रमित भेटिन थाल्यो "

एजेन्सी – कोरोना महामारीको दोस्रो लहर सुरू भएको छ। लकडाउन लगाएर संक्रमण फैलावटलाई लगभग शून्यमा झारेका कतिपय देशहरुमा फेरि संक्रमित भेटिन थालेका छन्।

नयाँ संक्रमित भेटिएपछि चीनमा फेरि बजार बन्द

चीनको राजधानी बेइजिङमा दोस्रो दिन पनि कोरोना संक्रमित भेटिएपछि त्यहाँको स्थानीय प्रशासनले आधादर्जन खाद्यान्न पसल बन्द गरिदिएको छ।  कोरोना महामारी पूर्णतः नियन्त्रणमा आएको भनिएपनि बेइजिङमा दुई जना नयाँ संक्रमित भेटिएका हुन्। यी मानिसहरुमा कसरी संक्रमण भयो भन्नेबारे अहिलेसम्म पत्ता लागेको छैन। संक्रमणका नयाँ मामिला भेटिएपछि बेइजिङ प्रशासनले प्राथमिक विद्यालयहरु खोल्न हतार नगरिने जनाएको छ।

दक्षिण कोरियामा पनि नयाँ संक्रमित भेटिए

कोरोना संक्रमित थप मानिसहरु भेटिएपछि दक्षिण कोरियाले गहन रोकथाम र स्वच्छताको कामलाई फेरि तीव्रता दिएको छ। त्यहाँको सरकारले प्रतिदिन १० भन्दा कम संक्रमित फेला नपरेसम्म यो काम जारी राख्ने बताएको छ। हालै राजधानी सोउल लगायत कैयौं स्थानहरुमा हालै नयाँ संक्रमितहरु भेटिएका छन्।

अमेरिकाका कैयौं क्षेत्रमा फेरि संक्रमण लहर

जारी महामारीबाट सबैभन्दा बढी मानवीय क्षति ब्यहोरेको अमेरिकाका कैयौं राज्यहरुमा फेरि कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। अस्पतालका शय्याहरु खचाखच भरिएका छन्। टेक्सस र एरिजोनामा निकै तेज गतिमा संक्रमण फैलिएको छ। अस्पतालहरुमा कोरोना संक्रमितको भीड लागेको छ।

संक्रमित बढिरहे फेरि लकडाउन

कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण विश्वका अधिकांश मुलुकको अर्थव्यवस्थामा निकै खराब असर परेको छ। अवस्था थप खराब हुन नदिन कैयौं देशहरु लकडाउन हटाउन चाहन्छन्। युरोपेली संघकी स्वास्थ्यमन्त्री स्टेला किर्याडिकसले भनेका छन्, संघअन्तर्गतका २७ सदस्य मुलुकहरुमा आग्रह छ, विद्यालय र व्यवसाय फेरि खोल्नुअघि व्यापक परीक्षण गरियोस्। आवश्यक परे लकडाउनमा गरिएको खुकुलोपन फेरि फिर्ता लिनुपर्ने हुनसक्छ।

संक्रमित संख्यामा भारतले बेलायतलाई उछिन्यो

हालै लकडाउन खुला गरेको भारतले संक्रमितको संख्यामा बेलायतलाई पछि पारेको छ। त्यहाँ संक्रमित संख्या दुई लाख ९७ हजार ५३५ पुगेको छ। बेलायतमा हालसम्म दुई लाख ९४ हजार ४०२ जना संक्रमित भेटिएका छन्। भारत धेरै संक्रमित रहेको विश्वको चौथो मुलुक बनेको छ।

अब अमेरिका, ब्राजिल र रसियामा मात्र भारतमा भन्दा धेरै संक्रमित छन्। भारतले ८ जुनदेखि बजार र धार्मिक स्थल खुला गरेको थियो। यसपश्चात देशभर कोरोना संक्रमितको संख्या झनै बढिरहेको छ। विज्ञहरुले भारत कोरोना महामारीको चरमसीमामा पुग्न बाँकी नै रहेको बताएका छन्। लकडाउन खोल्नुअघि ८ जुनमा भारत कोरोनाबाट बढी प्रभावित देशको पाँचौं नम्बरमा थियो। तर १२ जुनमा बेलायतलाई पछि पार्दै भारत यो सूचीको चौथो नम्बरमा उक्लिएको छ।

विश्वभर ७६ लाखभन्दा धेरै संक्रमित, चार लाख २५ हजारभन्दा धेरैको मृत्यु

यो सामग्री तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ७६ लाख २८ हजार ६८७ पुगेको छ। चार लाख २५ हजार ३१३ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै छ।

त्यहाँ २० लाख ४६ हजार ६४६ जना संक्रमित भेटिएका छन्। भेटिएका संक्रमितमध्ये एक लाख १४ हजार ६४३ जनाको ज्यान गइसकेको छ। अमेरिकापछि ब्राजिलमा कोरोना महामारीको उच्च प्रकोप देखिएको छ। त्यहा आठ लाख २८ हजार ८१० जना संक्रमित फेला परेका छन्। ४१ हजार ८२८ जना संक्रमितको ज्यान गएको छ।

चिन्ता थप बढ्यो :  डब्ल्यूएचओ

नियन्त्रणमा आएजस्तो देखिएपनि नयाँ संक्रमितहरु भेटिन थालेपछि फेरि चिन्ता बढ्न थालेको विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले जनाएको छ। संगठनमा कार्यकारी निर्देशन डा। माइकल रायनले भनेका छन्, विश्वका कैयौं देश अहिले महामारीको पहिलो लहरसँग जुधिरहेका छन्, युरोपका केही देश, दक्षिण पूर्वी एसिया र उत्तर अमेरिकामा कोरोनाको चरमसीमा देखिएको छ।

केही देशहरुले लकडाउन लगाएर कोरोनाको बढ्दो मामिला नियन्त्रण गरेपनि केही देशमा नयाँ संक्रमित फेला परेकाले त्यहाँ कोरोनाको दोस्रो लहर देखिएको डब्ल्यूएचओले जनाएको छ।

यसको अर्थ यी देशहरुमा महामारी समस्या पूर्ण रुपमा समाप्त नभएको भन्ने हो। निर्देशक रायनले भनेका छन्, लकडाउनमा गरिएको खुकुलोपना र मानिसहरुबीचको सम्पर्कले यस्तो अवस्था निम्तिएको हुनसक्छ, भौतिक दूरीको पालना गरिएको छैन, संक्रमित संख्या बढ्न नदिन मानिसहरुलाई एक अर्कोसँग अलग्याउन जरुरी छ र व्यापक परीक्षण गर्नुपर्छ।

कोरोना महामारीविरुद्धको लडाईँ अझै अन्त्य नभएको जनाउँदै रायनले भाइरसको प्रकोप फेरि उल्टिने खतरा रहेको बताएका छन्।

शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.