• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अमेरिकामा कोरोनाको दोश्रो संक्रमण लहरको डर, भरिन थाले अस्पतालका वेड र आईसियू

-एजेन्सी
टेक्सस र एरिजोनासहितका आधा दर्जन अमेरिकी राज्यहरूमा बढिरहेका कोरोना संक्रमितले त्यहाँका अस्पतालका बेडहरू भरिन थालेको र पुनः खोलिएको अर्थ व्यवस्थाले दोश्रो चरणको कोरोना महामारीको खतरालाई बढाएको रोयटर्सले जनाएको छ।

महामारी पुनः फैलिने चिन्ताले बिहीबार विश्व सेयर बजारमा तीव्र गतिको गिरावट आएको छ। यस्तो अवस्था यसअघि महामारी सुरू भएपछि मार्चमा देखिएको थियो।

हालैका दिनमा अमेरिकाका करिब दर्जन राज्यहरूमा देखिएको संक्रमणको वृद्धिले आंशिकरूपमा कोरोना परीक्षणमा वृद्धिको संकेत गरेको छ। ती राज्यहरूमा अस्पताल भर्ना हुने संख्यामा वृद्धि देखिनुको साथै आईसियूको अभाव हुन थालेको छ।

पछिल्ला तीन दिनमा टेक्ससमा अस्पताल भर्ना हुनेदरमा रेकर्ड कायम भएको छ भने अर्को अमेरिकी राज्य नर्थ क्यारोलिनामा कोरोनाका कारण हाल १३ प्रतिशत मात्र आईसियू उपलब्ध भएको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ।

बढ्दो संक्रमणलाई ध्यानमा राख्दै ह्यूटस्टनका मेयरले आफूहरू एनएफएल रंगशालालाई अस्पतालमा परिणत गर्न तयार भएको जनाएका छन्।

यस्तै एरिजोना राज्यमा कीर्तिमानी संख्यामा कोरोनाका विरामी अस्पताल भर्ना भएका छन्।

सो राज्यका स्वास्थ्य निर्देशकले यसै साता त्यहाँका अस्पतालहरूलाई आपतकालिन योजनालाई सक्रिय बनाउन र आईसियू क्षमता बढाउन भनेका थिए। हालसम्म त्यहाँका अस्पतालका तीन चौथाइ आईसियू वेडहरू भरिसकेको राज्यको वेबसाइटले जनाएको छ।

एरिजोनामा थ्रेसहोल्ड पार भइसकेको छु, युनिभर्सिटी अफ वासिङ्टनका महामारी विज्ञ जारेड बेइटनले भने, पहिलो नै संक्रमण उच्च बिन्दुमा पुगेका र क्रमशः घट्न थालेका ठाउँमा संख्या बढ्नु चिन्ताजनक हो।

न्यू योर्क र उत्तरपूर्वि राज्यहरूमा देखिएको नयाँ संक्रमण संख्या र मृत्युलाई संकेत गर्दै उनले चिन्ता व्यक्त गरेका हुन्।

स्वास्थ्य विज्ञहरूले देशमा जारी प्रदर्शनहरूले यसलाई थप बढाउनसक्ने चिन्ता व्यक्त गरेका छन्।

संक्रमण बढिरहेका राज्यहरूः

एरिजोना, उटाह र न्यू मेक्सिको लगायतका राज्यले आफूकहाँ जुन ७ सम्म अघिल्लो साताको दाँजोमा नयाँ संक्रमित ४० प्रतिशतले बढेको जनाएका छन्। फ्लोरिडा, आर्कान्सा, साउथ क्यारोलिना र नर्थ क्यारोलिनामा गत साता संक्रमित ३० प्रतिशतले बढेका छन्।

अमेरिकाको कोरोना महामारीविरूद्धको लडाईंको अग्रमोर्चामा रहेका डा। एन्थोनी फाउची प्रतिबन्ध हटाउनुको अर्थ अझ बढी संक्रमित र मृत्यु भएको बताएका छन्।

समग्रमा हाम्रा केसहरू तल झरिरहेका छन्  फाउचीले भने, तर तपाईंले भन्नु भएका संक्रमण बढिरहेका राज्यले भने मलाई एकछिन गम खुवाउँछ र चिन्तित बनाउँछ।

हालसम्म अमेरिकामा कोरोनाका कारण १ लाख १३ हजार मानिसहरूको मृत्यु भइसकेको छ जुन संसारमै उच्च हो।

यो संख्या सेप्टेम्बरको एक बिन्दुमा २ लाख पुग्ने हावर्डको ग्लोबल हेल्थ इन्सिटयूटका अमेरिकी विज्ञ आशिष झा बताइसकेका छन्।

अमेरिका स्वास्थ्य विज्ञहरूले मास्कको प्रयोग र भौतिक दुरीले संक्रमणलाई धेरै घटाउन सहयोग गर्ने भएकाले आममानिसलाई यसमा ध्यान दिन जोड दिएका छन्।

शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.