-कोरोना महामारीका कारण लामो समय रोकिएर पुनः सुरु भएको स्पानिस ला लिगामा सेभिल्लाले वियजी सुरुवात गरेको । बिहिबार राति घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले शहर प्रतिद्धन्दी रियल बेटिसमाथि २–० को जित निकालेको हो ।
करिब तीन महिनापछि बिहिबार सुरु लिगको पहिलो खेलमा सेभिल्लाले महत्वपूर्ण तीन अंक बटुलेको हो । लुकास ओक्याम्पोसले ५० औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा फर्नान्डो रेज्सले सेभिल्लाका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । जितसगै तेस्रो स्थानको सेभिल्लाले ५० अंक जोडेको छ ।
उसले दोस्रो स्थानको रियल मड्रिडसंगको दुरी ६ अंकमा पुर्याएको छ । शीर्ष स्थानको बार्सिलोनाको ५८ अंक छ । बार्सिलोनाले लिगमा रियल मड्रिडसंग २ अंकको अग्रता लिएको छ । लिगमा शनिबार बार्सिलोना र आईतबार रियल मड्रिडले पहिलो पटक आ आफ्नो खेल खेल्नेछन् ।
