– एजेन्सी । विश्व बालश्रम विरुद्ध दिवस हरेक वर्ष जुन १२ मा मनाउदै आईको छ । यसको सुरुवता सन् २००२ मा भएको हो । यो दिवस विश्वभरका बालकालिको अधिकार र उनीहरुको श्रमविरुद्ध आवाज उठाउन मनाईदै आएको छ ।
युनिसेफद्वारा सन् २०१७ मा जारी गरिएको तथ्याङक अनुसार भारतमा १२ प्रतिशत बालबालिका बाल श्रममा लागेका छन् । तर केही वर्षदेखि कलाकार देशका केही विशिष्ट व्यक्तिहरु बालश्रम विरुद्ध आवाज उठाउँदै आएका छन् । यसैक्रममा भारतीय केही कलाकारले बालश्रम विरुद्धको आवाज मिडिया मार्फत उठाएका छन् ।
सरकारले कडा कानुन लागु गर्न आवश्वय छ –अनिरुद्ध देव
म पूर्ण रुपमा बालसश्रमको विरुद्धमा छु । मलाई एउटा यस्ता शो गर्न मन लागेको छ जसबाट म यस्तो विषयमा आवाज उठाउँन सकुँ ।म रंगमञ्चसँग जोडिएको छु । त्यसैले म यस्तो विषयमा धेरै सचेत रहने गरको छु । मैले धेरै बालबालिकाले होटलको काम गरेको देखेको छु । तपाई थाहा छ, उनीहरु आफ्नो पेट भर्नको लागि श्रम गरिरहेका छन् । यही नै बालश्रम हो । त्यसैले सरकारले एक कडा नियम बनाउनुपर्छ । बालश्रमको विरुद्धमा हामीले आवाज उठाउनुपर्छ । हामी आफँैले बालबालिकालाई श्रममा राख्नु हुँदैन ।
गरिबी मेटाए मात्र बालश्रम रोकिन्छ –शरद मल्होत्रा
बालश्रम बढ्नुको एकमात्र कारण भनेको गरिबी हो । सुरुमा गरिबी हटाउनुपर्छ । देशमा गरिबी रहेसम्म बालश्रम हटाउने अरु कुनै उपायले काम गर्ने छैन । सरकारले बालश्रम रोक्नको लागि कडा कानुन बनाउनुपर्छ ।
भिख दिएरै प्रोत्साहन गरिन्छ –विवियन डिसेना
हामी सडकमा धेरै बालबालिकाले पैसा मागेको देख्छौ हामी उनीह्रुलाई पैसा दिन्छौ । तर केही अभिभावकले नै बालबालिकालाई यसरी श्रममा पढाएका हुन्छन् । यस्ता बालबालिकालाई हामीले पैसा दिन हुँदैन । यसरी पैसा दिदा उनीहरु झन प्रोत्साहित हुन्छन् । त्यसैले धेरै जागरुक युवाहरुले यस बारेमा विभिन्न कार्यक्रमहरु सञ्चानल गर्न आवश्यक छ ।
बालबालिकालाई रोजगारी दिन हुँदैन –ज्यास्मिन भसानी
बालश्रम रोक्नको लागि हामीले समुदायसँ मिलेर काम गर्न आवश्यक छ । मलाई लाग्छ उनीहरुलाई काममा राख्न हुँदैन । अर्को कुरा ‘छोटु’ वाला सोच हटाउनुपर्छ । तपाई थाहा छ हामी कुनै पजि ढावामा पुग्यो भने त्यहाँ एक छोटु नामको व्यक्ति हुन्छ । जो हामीलाई सहयोग गर्न राखिएको हुन्छ । मलाई लाग्छ हाम्रो सोचमा परिवर्तन गरेर बालरुम विरुद्ध आवाज उठाउनुपर्छ ।