-एजेन्सी
भारतमा कोरोना संक्रमित संख्या २ लाख ९८ हजार २ सय ३८ पुगेको छ । बिहिबार लगातार दोस्रो दिन ११ हजार बढी संक्रमित बढ्यो र ३ सय ९३ को ज्यान गयो ।
यो आँकडा कोभिड-१९इन्डिया डट ओआरजीको आधारमा हो । यसबाहेक भारत संक्रमितको मामिलामा स्पेन ९२.८९ लाख र बेलायत ९२.९१ लाख भन्दा अघि आएको छ । अब भारत सर्वाधिक संक्रमित सूचीको चौथो स्थानमा छ ।
हाल शीर्ष ७ देशमा अमेरिका, ब्राजिल, रसिया, भारत, बेलायत, स्पेन र इटली छन् ।
स्रोतः दैनिक भास्कर