एजेन्सी । खेलाडीहरु टाईगर उड्स र फ्लोएड मेवेदरपछि फुटबलर क्रिष्टियानो रोनाल्डो बिलेनियर क्लबमा सामेल भएका छन् । आफ्नो करिअरमा बिलेनियर बन्ने रोनाल्डो पहिलो फुटबल खेलाडी पनि हुन् ।
फोब्सका अनुसार युभेन्टसका फरवार्ड रोनाल्डो १ बिलियन डलर कमाउन सफल भएरपछि बिलेनियर क्लबमा प्रवेश गरेका हुन् । फोब्सका अनुसार ३५ वर्षीय रोनाल्डो सर्वाधिक कमाउने चौथो सेलिब्रेटी हुन् । सन् २०२० का सेलिब्रेटि बिलेनियरको सूचीमा रोनाल्डोसँगै टेनिसका सुपरस्टार रोजर फेडेरर तथा र्यापर कान्य वेस्ट र केली जेन्नर छन् ।
बार्सिलोनाका चामत्कारिक क्याप्टेन लियोन मेसी रोनाल्डो भन्दा पछाडि छन् । उनले गतबर्ष १०४ मिलियन डलर कमाएका छन् । पिएसजीका स्टार नेइमार सातौ स्थानमा छन् । पोर्चुगिज लिजेण्ड रोनाल्डोले १७ वर्षको फुटबल जीवनमा ६ सय ५० मिलियन डलर कमाएको फोब्सको भनाई छ । रोनाल्डो सन् २०१६ देखि अन्तराष्ट्रिय ब्राण्ड नाईकसँग आजिवन आवद्द भएका छन् ।
रोनाल्डोले पोर्चुगलमा म्यूजियम खोल्नुका साथै होटल तथा उनकै नामको ब्राण्डका कपडा समेत बजारमा ल्याएका छन् । सन् २०२० मा कोरोनाको कहरका कारण उनको कमाई भने घट्ने भएको छ । युभेन्टसबाट उनले पाउने तलब पत्तामा समेत ३० प्रतिशत कटौती भएको छ ।
च्भबम mयचभ बतस् जततउकस्ररकबmबअजबचमबष्लष्प।अयmरलभधक(मभतबष्किरद्धटद्दडढरद्दण्द्दण्(ण्ट(ण्टरुादअष्मि.क्ष्धब्च्द्दब्भएएपडण्नघज्ञ(बब्शद्दग्तइटछण्ँप्श्ठ)व्च्म्ल्ह्द्यत्तख्व्हउग्ध्ष्तश्चल्ण्भघज्ञटवइदल्ज्ण्ब्३।ह्तकबश्टच्श्ल्लब्।ाबअभदययप
