• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चौरजहारी हत्याकाण्ड : सीआईबीको टोली रुकुम पुग्यो, थप सातजना पक्राउ

-जाजरकोटका ६ जना युवकको ज्यान जानेगरी १० जेठमा भएको घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली रुकुम पुगेको छ। सीआईबीका प्रमुख डीआईजी सहकुल थापाका अनुसार टोलीले प्राविधिक अनुसन्धानमा सघाउनेछ।

काठमाडौं। ६ जनाको ज्यान जानेगरी पश्‍चिम रुकुमको चौरजहारीमा भएको ‘हत्याकाण्ड’को अनुसन्धानमा सघाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रुकुम पुगेको छ।

घटनाको सुक्ष्‍म अनुसन्धानमा सघाउन सीआईबीको टोली रुकुम पुगेको हो। टोलीले केही दिन जिल्लामै बसेर काम गर्नेछ।

रुकुम पश्‍चिमका प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले प्राविधिक सहयोगका लागि सीआईबीको टोली पुगेको बताए। प्राविधिक टोलीमा कर्णाली प्रदेश प्रहरी कार्यालयका एक अधिकारी पनि छन्।

सीआईबीका प्रमुख डीआईजी सहकुलबहादुर थापाले टोलीले अनुसन्धान शुरू गरिसकेको बताए।

“जुनियर अफिसरको नेतृत्वमा प्राविधिक टोली रुकुम पुगेको हो। अनुसन्धान शुरू भइसकेको छ,” डीआईजी थापाले भने, “टावर एनालाइसिस, सीडीआर एनलाइसिस, फोन संवाद र फेसबुक तथा मेसेजको सम्बन्धमा अध्ययन गरिनेछ।”

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय कर्णाली प्रदेशका प्रमुख एसएसपी पोषराज पोखरेल नेतृत्वको टोली पनि रुकुममै रहेर काम गरिरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी बसन्तकुमार पन्तले बताए।

“प्रदेशबाट टेक्निकल सपोर्टका लागि पनि एकजना खटाएका छौँं। संघीय प्रहरी कार्यालयको प्रमुखकै नेतृत्वमा एउटा टोली त्यहीँ बसेर काम गरिरहेको छ,” डीआईजी पन्तले भने।

डीआईजी पन्त घटनास्थलको निरीक्षणपछि सुर्खेत फर्किसकेका छन्। घटनामाथि संवेदनशील भएर अनुसन्धान भइरहेको उनी बताउँछन्।

गएको १० जेठ साँझ चौरजहारी-८ मा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विक, सञ्जु विक, गणेशबहादुर बुढा मगर, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका-१ का टीकाराम सुनारको मृत्यु भएको थियो। उनीहरू १७ देखि २३ वर्ष उमेर समूहका हुन्। उनीहरूको शव फरक(फरक मितिमा भेरी नदीमा भेटिएको थियो।

नवराजकी मल्ल थरकी प्रेमिकालाई दुलहीका रूपमा ‘भगाउन’ गएका बेला केटीका अभिभावकसहित गाउँलेको लेखटाइबाट भेरी नदीमा परेर उनीहरूको मृत्यु भएको थियो।

पीडित पक्षले हत्या गरेर नदीमा फालेको आरोप लगाएका छन्। घटनामा नवराजको समूहका दुईजना घाइते भएका थिए। बाँकी १० जनालाई सामान्य चोटपटक लागेको थियो। कुटपिट हुँदै गर्दा पुगेको प्रहरीले ती १२ जनाको उद्धार गरेको थियो।

थप सातजना पक्राउ

घटनामा संलग्‍न रहेको आरोपमा प्रहरीले रुकुमको चौरजहारी नगरपालिका-८ सोतीबाट थप सातजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४० वर्षीय नेत्रहादुर मल्ल, ३० वर्षीय धनराज राना, २४ वर्षीय विराज पुन, रमित पुन, २२ वर्षीय भीम पुन र २१ वर्षीय नवीन घर्ती रहेको डीएसपी केसीले बताए। यीसहित पक्राउ पर्ने आरोपितको संख्या २५ पुगेको छ।

डीएसपी केसीका अनुसार यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकालाई गएराति जिल्ला प्रहरी कार्यालय पश्‍चिम रुकुम मुसिकोट पुर्‍याइएको छ।

यसअघि चौरजहारी(८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, नवराजकी प्रेमिका भनिएकी किशोरीसहित उनका बाबु वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ललगायत १८ जना पक्राउ परिसकेका छन्। पीडितको तर्फबाट वडाध्यक्ष मल्लसहित २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको थियो। किटानी जाहेरी परेकामध्ये दुई जना अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको डीएसपी केसीले बताए।

अघिल्लोचोटी पक्राउ परेका १८ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न २२ जेठमा रुकुम जिल्ला अदालतबाट प्रहरीलाई दोस्रोपटक १० दिनको म्याद प्राप्त भएको छ। आरोपितहरूको पोलिग्राफसमेत परीक्षण गर्ने प्रहरीले बताएको छ।

सरकारले गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्‍नेतको नेतृत्वमा गठन गरेको छानविन समिति पनि अहिले रुकुममै बसेर काम गरिरहेको छ। घटनाको अनुसन्धानका लागि संसदीय विशेष समिति बनाउनुपर्ने मागसमेत उठिरहेको छ।

संसदीय विशेष समिति गठनको मागसहित २२ जेठमा ज्ञापनपत्र बुझाउन पुगेको सांसदहरूको टोलीलाई सभामुख अग्निप्रसाद सापकोटाले यसमा विषयमा आफू सकारात्मक रहेको जवाफ दिएका थिए।

शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.