दिल्ली। दिल्लीमा एक साताका लागि सीमा सिल गरिएकाे छ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि आफ्नो राज्यको सीमा सिल गर्ने घोषणा गरेका छन्।
दिल्लीमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको उल्लेख गर्दै एक साताका लागि सीमा सिल गरिएकाे बताइएकाे छ ।
दिल्ली सरकारले कसैको उपचारका लागि निषेध गर्न नसक्ने उल्लेख गर्दै केजरीवालले आफूलाई जबसम्म कोभिड(१९ को महामारी रहन्छ, तबसम्म दिल्लीका बासिन्दाका लागि अस्पतालका शय्याहरू रिजर्भ राख्न सल्लाह आएको बताए।
यो साता दिल्लीका सीमा बन्द रहने छन्, अर्को साता जनताको राय आएपछि मात्र खुला गर्ने या बन्द नै राख्ने भन्नेबारे निर्णय लिइनेछ ।