कैलाली १२ जेठ/ बझाङ्गमा बाघको छाला सहित एकजना पक्राउ परेका छन् ।
बुङ्गल नगरपालिका ११ कमलपुरबाट जिल्ला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले जाँच गर्दा बाघको छाला जस्तो वस्तु सहित फेला पारेको र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय लगीरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बुङ्गल नगरपालिका ११ का ३३ वर्षीय प्रेम बहादुर बोहरा रहेका छन३ । उनलाई बाघको छाला सहित सोमबार राती पक्राउ गरेको प्रहरी ईन्सपेक्टर नेत्र बोहराले जानकारी दिए ।
