काठमाडौं । विश्वभरका इस्लाम धर्मावलम्बीहरु इदउलफित्र मनाइएको छ । यस धर्मावलम्बीहरुको महान् पर्व रमजानको एक महिनासम्म चल्ने रोजा व्रत सकिएपछि इदउलफित्र मनाउँछन् ।
इस्लामा पात्रोको एक महत्वपूर्ण इदउलफित्र नमाज परम्परागत रुपमा सामूहिक रुपमा इदगाहमा पढ्नुपर्ने, परिवारसँग खाना खाने र नयाँ कपडा तथा उपहार साटासाट गरेर मनाउने चलन छ ।
तर यसवर्ष कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने तथा मुलुकमा लकडाउन पनि कायमै रहेकाले कतिपय देशमा यो नमाज घर घरमै पढ्न आग्रह गरिएको छ भने कतिपय देशमा लकडाउनलाई ईदका लागि खुकुलो बनाइएको छ ।

