• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

७ करोड भारतीय आधार कार्ड विवरण ह्याक !

काठमाडौं , नेपाली ह्याकरहरूको समूहले भारतीय आधार कार्डको विवरण ह्याक गरेका छन् । नेपालले लिम्पियाधुरा(लिपुलेक(कालापानीसमेतको नक्सा जारी गरेपछि केही भारतीय ह्याकरले केही नेपाली सरकारी साइटहरू ह्याक गरेसँगै नेपाली ह्याकरहरूले प्रतिकारमा आधार कार्ड विवरण नै ह्याक गरिदिएका हुन् ।

नेपाली ह्याकरहरूको समूहले आफूले ७ करोड आधार कार्डको विवरण ह्याक गरेको दाबी गरेको छ । उनीहरूले सार्वजनिक गरेको ‘स्याम्पल फाइल’ मा भने २१४५ जनाको आधार कार्ड विवरण छ । ‘यो खेल उनीहरूले सुरु गरेका हुन्, यसको सानो जवाफमात्रै हामीले दिएका हौं,’ ह्याकिङ समूहका एक सदस्यले भने, ‘हामी अरु फायलमा पनि एक्सेस गदैछौं ।’

आधार कार्ड भनेको भारतको एकीकृत राष्ट्रिय परिचय पत्र हो । यसलाई भारतीय विशिष्ट पहिचान पत्र भनिन्छ । भारतमा बस्ने मानिसहरूलाई यो परिचय पत्रमा ‘यूनिक आइडेन्टिफिकेसन नम्बर (यूआईडी) प्रदान गरिएको हुन्छ, जसमा उसको पूरै व्यक्तिगत विवरण राखिएको हुन्छ ।

सूचना तथा सञ्चार प्रविधि (आईसीटी) विज्ञहरू भने नेपालमा साइबर सेक्युरिटी कमजोर रहेको अवस्थामा यसरी ‘साइबर वार’ मा जान नहुने बताउँछन् । ‘अहिलेको युगमा बोर्डर सेक्युरिटीमात्रै होइन, साइबर सेक्युरिटी पनि हो,’ साइबर सेक्युरिटी विज्ञ डा। राजीव सुब्बाले भने, ‘नेपालमा साइबर सेक्युरिटीका लागि राज्यले न ध्यान दिएको छ न त पर्याप्त लगानी नै गरेको छ ।’

वर्तमान जोखिमलाई ध्यान दिएर राज्यले तत्कालै सरकारी सूचना प्रणालीको नेटवर्क सुरक्षा र साइबर सुरक्षा बलियो बनाउनु पर्ने डा। सुब्बाको सुझाव छ । ‘नेपालमा साइबर इन्टेलिजेन्स अपरेसन सेन्टरको आवश्यकता रहेको कुरा हामीले लामो समयदेखि औंल्याउँदै आएका छौं, यसबारे सरकारको ध्यान पुग्न जरुरी छ,’ उनले भने ।

अन्य मुलुकहरूको अभ्यासलाई उद्धृत गर्दै डा। सुब्बाले यस्तो ‘साइबर इन्टेलिजेन्स अपरेसन सेन्टर’ले मुलुकभित्र हुनसक्ने कुनै पनि साइबर आक्रमणका विरुद्ध प्रतिरक्षा बलियो बनाउने बताए ।

यसैबीच, भारतीय ह्याकरहरूका समूह इन्डियन साइबर ट्रुप्सले आफूहरूले नेपाली ह्याकरहरूसँग सहमति गरेको र अब ह्याकिङ गतिविधि नगरिने बताएको छ भने नेपाली ह्याकरहरूका समूह सतानले पनि हामी युद्ध चाहँदैनौं, पहिला तिमीहरूले सुरुवात गरेको भन्दै अब दुवै पक्षबीच ह्याकिङ नगर्ने सहमति भएको बताएको छ । (अद्यावधिक गरिएको समाचार)

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.