• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आगामी बजेटमा शेयर लगानीकर्ताले खोजे २० विषयको सुनिश्चितता (सुचीसहित)

काठमाण्डौ ९ जेठ- शेयर लगानीकर्ता संघहरुले लगानीकर्ताहरुको लागि बजेटमा राहत प्याकेजको घोषणा गर्न माग गरेका छन् । शेयर कारोवार लाई नै मुख्य पेशा बनाएका लगानीकर्तालाई राहत प्याकेज ल्याउन ४ वटा लगानीकर्ता संघले संयुक्त रुपमा माग गरेका हुन् ।

नेपाल इन्भेस्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, शेयर लगानीकर्ता दबाब समुह, र नेपाली पुँजीबजार संघले नेपाल धितोपत्र बोर्ड मार्फत आफ्ना माग अर्थ मन्त्रालयमा पठाएका हुन् । संघहरुले अनिश्चितता र अन्यौल ग्रस्त अवस्थाको शेयर वजारलाई सबैभन्दा ठुलो राहत भनेकै मनोवैज्ञानिक सकारात्मक भावना सिर्जना गर्नु रहेको भन्दै लगानीकर्ताको मनोबल बढाउने कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

संघहरुले शेयर बजारलाई बिना सुधार यथास्थितिमा खोल्दा पुँजिबजारमा करिव १७ लाख डिम्याटमा आवध्द शेयर लगानिकर्ताहरूको सम्पत्ति ठुलो मात्रामा गुम्न सक्ने अनुमान रहेकोले सरोकारवाला पक्षहरू संग समन्वय गरि नितिगत सुधार तथा राहतको तत्काल घोषणा गर्न माग गरेका छन् ।

यस्ता छन् मागहरु :

१) नेपालको पुँजिवजारलाई अत्याधुनिक प्रविधि मैत्रि बनाउन पुर्ण स्वचालित अनलाईन प्रणालिको तत्काल कार्यान्वयन गर्ने ।

२) नेपाल धितोपत्र वोर्ड द्वारा लकडाउन अवधिमा जारी गरिएको धितोपत्र सन्चालन सम्वन्धि कतिपय बुँदाहरू व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन वाधा भएकोले त्यस्ता बुँदाहरूलाई सहज हुनेगरी परिमार्जन गरिनु पर्ने ।

३) डिम्याट र बैंक ईन्ट्रिगेशन सम्बन्धि कार्य गरिनुपर्ने ।

४) शेयर वजारमा नेपाल सरकारले यो भन्दा अगाडिनै निर्णय गरि सकिएको ठुलो मात्रामा लगानि गर्न सक्ने संस्था नागरिक लगानि कोष लाई यथासिघ्र वजारमा प्रवेश गराउनु पर्ने ।

५) हाल शेयर मार्जिन कर्जामा उपभोग गरिंदै आएको ६५५ को सिमालाई बढाई ८०५ कायम गर्ने र ध्भष्नजतभम ब्खभचबनभ गणना गरिने प्रकृया १८० दिनको सट्टामा १२० दिन कायम गरिनु पर्ने ।

६) शेयर कर्जा लिएका ऋणिहरूको कर्जाको म्याद समाप्त भएको भए स्वतस् नविकरण गरि मार्जिन कल नगर्ने व्यवस्था गर्ने ।

७) हाल प्रचलनमा रहेको क्रस होल्ड नहुने गरि शेयर खरिद गर्न पाउने बैंक तथा वित्तीय संस्था र ईन्स्युरेन्स कम्पनीहरूको लगानि गर्न पाउने सिमा सत प्रतिशत बृध्दि गरिनु पर्ने ।

८) बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने शेयर धितो कर्जाको प्राथमिक पुँजिकोषको सिमा सत प्रतिशत बृध्दि गरिनुपर्ने ।

९) म्युचुअल फण्डहरूले शेयर बजारमा लगानि गर्नुपर्ने सिमा अनिवार्य व्यवस्था गरिनुपर्ने र उक्त फण्डहरूलाई दिईँदै आएको आरक्षण वापत छुट्याईएको शेयरमा कम्तिमा ३ वर्षको लकिंग पिरियड राखिनुपर्ने ।

१०) पुँजिवजारको विकास र विस्तारका लागि लगानिकर्ताहरू संग सरकारले गरेको ५८ बुँदे सहमतिमा उल्लेख भएका बुँदाहरू मध्ये कार्यान्वयनमा आउन बाँकि बुँदाहरू तत्काल कार्यान्वयन गरिनुपर्ने ।

११) शेयर वजार सम्वन्धमा कुनै पनि निर्णय गर्दा लगानिकर्ताहरूका प्रतिनिधिहरू समेतको प्रतिनिधित्व हुने व्यवस्था गरिनुपर्ने ।

१२) हाल प्रचलनमा रहेको ५५ लाभकरलाई अन्तिम लाभकर घोषणा गरिनुपर्ने ।

१३) शेयर वजारका लगानिकर्ताहरूलाई अल्पकालिन र दीर्घकालीन श्रेणीमा वर्गीकरण गरी दीर्घकालीन लगानिकर्ताहरूलाई पुँजिगत लाभकर छुटको व्यवस्था गरिनुपर्ने र संस्थागत लगानिकर्ताहरूलाई पुँजिवजारमा थप आकर्षित गर्न संस्थागत पुँजिगत लाभकर समेत कम गर्नुपर्ने ।

१४) बैंक तथा वित्तीय संस्था,नागरिक लगानि कोष,कर्मचारी संचय कोष,नेपाल टेलिकम,विमा कम्पनी,पेन्सन फण्ड तथा सामाजिक सुरक्षा कोष लगायतका कम्पनिहरूलाई दोश्रो वजारमा लगानि गर्न आवश्यक र आकर्षक वातावरण बनाई लगानि गर्न लगाउने ।

१५) गैर आवासिय नेपालीहरू तथा विदेशमा रोजगारीमा गएका नेपालीहरूले शेयर कारोवार गर्न पाउने विश्वव्यापी प्रचलन अनुरूप नेपालमा पनि २०६५ साल देखि धितोपत्र वोर्ड समेतको कार्य सुचिमा रहेको विषय हालसम्म पनि कार्यान्वयन नभएकोरनगराईएकोले तत्काल कार्यान्वयन गर्नुपर्ने ।

१६) हाल संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको करिव ३ हजार शाखाहरू मार्फत शेयर कारोवार गराउने गरी वाणिज्य बैंकका सहायक कम्पनिहरूलाई ब्रोकर लाईसेन्स तत्काल उपलब्ध गराउनुपर्ने ।

१७) मर्जर वा एक्विजिसन गर्दा लाग्ने समयको स्पष्ट निर्धारण गर्ने र सकेसम्म शेयर कारोवार नरोक्ने,तर रोक्नै परेमा बढिमा ४५ दिनको सिमा निर्धारण गर्ने ।

१८) स्टक एक्सचेंजमा कारोवार हुने कम्पनिहरूले निश्चित सर्त र सिमाको अधिनमा रहि आफ्नो कम्पनिको शेयर आफैले खरिद गर्न पाउने व्यवस्था गर्ने ।

१९) हाल विधमान नियममा रहेको वोनसमा लाग्दै आएको दोहोरो पुँजिगत लाभकरको व्यवस्था तुरून्तै खारेज गरिनुपर्ने ।

२०) पुँजिवजारमा एकद्वार प्रणालि (इलभ मययच उयष्अिथ) अवलम्बन गर्दै यो क्षेत्रको विकास र विस्तारको लागि पंचवर्षीय योजना सार्वजनिक गरिनुपर्ने ।

आफ्ना यी माग सम्बोधन भए शेयर वजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकाश हुने र सरकार,धितोपत्र वोर्ड,नेपाल स्टक एक्सचेंज,सिडिएससि,मर्चेंट बैंकर,ब्रोकर सहित सम्पूर्ण लगानिकर्ताहरूको आयमा बृध्दि हुने संघहरुले दाबी गरेका छन् । साथै शेयर बजार विश्वासिलो र भरपर्दो लगानि गन्तव्यको क्षेत्रको रूपमा स्थापना हुने र असहज परिस्थिति बाट गुज्रिरहेको शेयर बजारलाई संजिवनी बुटि सरहको काम गर्ने संघहरुले बताएका छन् ।

शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.