भारतमा अलपत्र नेपालीको उद्धार भएपनि कोरोना परीक्षण नहुँदा सुदूरपश्चिममा जोखिम बढेको छ। हजारौको उद्धार भएपनि सयौँको मात्रै परीक्षण हुँदा जोखिम बढेको हो। धनगढीमै दुई वटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ तर उनीहरुको पीसीआर परीक्षणका लागि चाँसो समेत दिईएको छैन्।
¥यापिड टेस्ट समेत कीट अभावले सकैको गरिएको छैन्। भारतमा सबैभन्दा बढि संक्रमित रहेको महाराष्ट्रबाट आएका मजदुरको समेत परीक्षण हुन सकेको छैन्। चार दिनमा कैलालीको गौरीफन्टा नाकबाट मात्रै चार हजार दुई सय भन्दा बढि नेपाली भित्रिएका छन् तर अधिकासंको परीक्षण भने हुन सकेको छैन्।
२ र ३ गते नौँ सय ५०, ७ गते ८ सय ५८ र ८ गते दुई हजार चार सय ९८ जनाको उद्धार गरिएकोमा अधिकासंको ¥यापिड टेस्ट समेत नभएको हो। स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २ र ३ गते भित्रिएका नौँ सय ५० जनाको भने ¥यापिड टेस्ट गरिएको थियो। महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो।
तर ७ गते आएका ८ सय ५८ जनालाई ¥यापिड टेस्ट समेत नगरी गाउँ पठाईएको छ। ८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ। चार दिनको अवधिमा झण्डै तीन हजार नेपाली परीक्षण विना नै गौरीफन्टा नाकाबाट भित्रिएका छन्।
स्थानीय प्रशासनले उद्धारका लागि समन्वय गरेपनि स्थानीय र प्रदेश सरकारले परीक्षणको व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो। ‘ठूलो सङख्यामा नेपालीको उद्धार गरेका छौ,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘कीट नै नपाएपछि परीक्षण विना नै भित्र्याउन पर्ने बाध्यता रहेको छ।’ परीक्षणका लागि स्थानीय र प्रदेश सरकारसंग समन्वय भएपनि सबैको परीक्षण हुन नसकेको उनले बताए।
यता सुदूरपश्चिम प्रदेश सरकारले भने कीटको अभाव रहेको जनाएको छ। नौँ वटा जिल्लामा झण्डै तीन हजार ¥यापिड कीट मौज्दात रहेपनि प्रदेश सरकारसंग भने माज्दात नरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कीट अभाव रहेको स्विकार गरे। उनले ¥यापिड कीटका लागि स्वास्थ्य मन्त्रालयका र विभागसंग समन्वय भईरहेको बताए।
कोरोना शंकास्पद बिरामीले सेती अस्पतालको आइसोलेसन वार्ड भरियो
कोरोना शंकास्पद बिरामीले सेती अस्पतालको आइसोलेसन वार्ड भरिएको छ। भारतबाट फर्किएका १९ जना कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएसंगै आइसोलेसन वार्ड बिरामीले भरिएको हो।
भारतबाट आएका १९ जना थपिएपछि २४ शैयाको आइसोलेसन वार्डमा २३ जना कोरोना शंकास्पद बिरामीको सङख्या पुगिसकेको छ। सीमा क्षेत्रमा गरिएको ¥यापिड टेस्टमा पोजेटिभ देखाएका र कोरोनाको लक्षण भएका १९ जनालाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ।
बझाङ्कको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय पुरुष, वडा नम्वर ११ का २३ वर्षीय पुरुष, डोटीको दिपालय सिलगढी नगरपालिकाका २८ वर्षीय पुरुष, बडिकेदार गाउँपालिका ५ का १८ बर्षीय युवक, डडेल्धुराको पर्शुराम नगरपालिकाका २७ वर्षीय युवक र कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्वर ५ का २८ बर्षीय युवकलाई प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको हो।
यस्तै बैतडीको मेलौली नगरपालिका ४ का ३३ वर्षीय पुरुष, सोही ठाउँका १९ वर्षीय युवक, २३ वर्षीय युवक, शिवनाथ गाउँपालीकाका २७ वर्षीय युवक, सोही ठाउँका २४ वर्षीय युवक, २२ वर्षीय युवक, २० वर्षीय युवक, ३० बर्षीय पुरुष र सोही ठाउँका अर्का २० वर्षीय युवकलाई अस्पतालको आईसोलेनमा भर्ना गरीएको हो।
यस्तै अछामको मेल्लेख ४ का ३० बर्षीय महिला, ११ बर्षिय बालिका, ४ बर्षको बालक र ३२ बर्षको पुरुषलाई पनि भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार योसंगै कोरोनाको आशंकामा प्रादेशिक अस्पतालाईको आईसोलेसनमा भर्ना भएका बिरामीको सङख्या २३ पुगेको छ। यसअघि बैतडीका एक जना र धनगढीका तीन जनालाई पनि कोरोना आशंकामै प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो।
‘बैतडीका एक जनाको पीसीआर मार्फत परीक्षण गर्दा कोरोना नेगेटिभ देखाएपछि उनलाई आज डिस्चार्ज गरिने तयारी छ। २४ शैयाको आईसोलेसनमा २३ जना शंकास्पद बिरामी भर्ना छन्। नयाँ थपिए कहाँ राख्ने अन्योल छ।’ सूचना अधिकारी श्रेष्ठले भने।