डडेल्धुरा ५ जेठ- डडेल्धुराका पत्रकारहरुलाई कोराना भाईरसको जोखिम बाट बच्न स्वास्थ्य सामग्री वितरण गरिएको छ । भागरथी निर्माण सेवा धनगढीको आर्थिक सहयोगमा नेपाल प्रेस युनियन कैलालीले नेपाल प्रेस युनियन डडेल्धुराको समन्वयमा उक्त स्वास्थ्य सामग्री बितरण गरिएको हो ।
सोमबार डडेल्धुरामा रहेका बिभिन्न सञ्चार माध्यम र मिडियामा आबद्ध सञ्चारकर्मिहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल प्रेस युनियन डडेल्धुराका अध्यक्ष धनबहादुर भण्डारी जानकारी दिए । बिश्वब्यापि रुपमा फैलिरहेको कोरोना भाईरस बाट जनजिवन नै आक्रान्त बनेका बेला आफ्नो ज्यानै जोखिममा राखेर सत्य तथ्य निष्पक्ष समाचार, सूचना र सन्देश प्रबाह गरिरहेका सञ्चारकर्मिहरुको स्वास्थ्यलाइ ध्यानमा राखेर समाचार संकलनमा सहज होस् भनि स्वास्थ्य सामग्री बितरण गरिएको नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
यतिबेला अत्यन्तै अग्रभुमिकामा रहेर समाचार, सूचना र सन्देश प्रबाह गर्ने पत्रकार तथा सञ्चारमाध्यमहरुको भूमिका अतुलनीय रहेको आफुले पत्रकारहरुका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको भागरथी निर्माण सेवा धनगढीका संचालक चक्र बमलले जानकारी दिए ।
अत्यन्तै सम्बेदनशील स्वास्थ्य क्षेत्रमा अग्रभागमा रहेर आमनागरिकलाई समाचार, सूचना र सन्देश प्रबाह गर्ने पत्रकार तथा सञ्चारमाध्यमहरुको भूमिका अतुलनीय रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमले बताए । केन्द्रीय सदस्य बमले सबै संचारकर्मीलाई सुरक्षित रहेर फिल्डमा खटिन समेत आग्रह गरे ।
बितरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिमका प्रदेश सभाका सदस्य कर्णबहादुर मल्लले जोखिम मोलेर जनताको पक्षमा समाचार संकलन गर्ने संचारकर्मीलाई सबैलाई सहयोग गर्न पनि अनुरोध गरे । काँग्रेस सभापति मल्लले सरकार आफ्नै सत्ताको लुछाछुडीमा रहेको वेला यसरी आफै सहयोग जुटाएर डडेल्धुराका संचारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा भागरथी निर्माण सेवा धनगढी र नेपाल प्रेस युनियन कैलालीलाई धन्यवाद समेत ज्ञापन गरे ।