धनगढी, ५ जेठ
धनगढी उप–महानगरपालिका वडा नं ४ मा वितरण गरिएको चामलमा किरा भेटिएपछि त्यसको छानविन गर्न गठित छानबिन समितिले भोलीको कार्यपालिका बैठकमा पेश गर्ने भएको छ ।
छानविन समितिका संयोजक मुरारी अधिकारीका अनुसार छानविन समिति कार्यपालिका बैठकबाट गठन गरिएकाले त्यसैले कार्यपालिका बैठकमा नै प्रतिवेदन पेश गर्ने वताए । हिजो शनिवार बिदा प¥यो आज कार्यपालिका सदस्यहरुलाई सूचना गरिएको छ संयोजक अधिकारीले भने, भोली २ बजे कार्यापालिका बैठकमा प्रतिवेदन पेश गरिने छ ।
आफुहरुले कार्यपालिकाले दिएको टिओआर भित्र रहेर छानविन गरेर प्रतिवेदन तयार पारेको पनि संयोजक अधिकारीले बताए । जेठ ३१ गते बसेको धनगढी उप–महानगरपालिका कार्यपालिका बैठकले जेठ १ गते देखि काम गर्ने गरी तीनदिन भित्र राहत चामलका बिषयमा उठेका कुरामा छानविन गर्न ५ सदस्यीय समिति गठन गरिएको थियो ।
किरा परेको चामल : छानबिनको प्रतिवेदन भोली कार्यपालिका बैठकमा पेश हुने
किरा परेको चामल : छानबिनको प्रतिवेदन भोली कार्यपालिका बैठकमा पेश हुने