काठमाडौं । थप ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले ५१ जनामा नयाँ संक्रमण देखिएको बताए ।
भेरी अस्पतालस्थित प्रयोगशालामा ४६ जना पुरुष र १ जना महिलामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै, मोरङका १ जना, गुल्मीका ४१ वर्षीया १ जना, धनुषाका १ जना, रौतहटका १ जना, दाङका १ जना र धादिङका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए । उनीहरु सबै १८ देखि ४० वर्ष उमेर समूहका रहेको उनले बताए ।
यो सँगै संक्रमितको संख्या ३५७ पुगेको उनले बताए । नेपालमा संक्रमण पुष्टि भएकामध्ये ३६ जना अहिले संक्रमणमुक्त भएका छन्। २ जना संक्रमितको भने मृत्यु भइसकेको छ। हाल ४ सय ५ जना रेडजोनमा रहेको समेत डा देवकोटाल जानकारी दिए ।