धनगढी,
ब्राउन सुगरसहित धनगढीका दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेका छन् ।
सामुदायिक सेवा केन्द्र धनगढीका प्रहरी सहायक निरीक्ष भानबहादुर चन्दको टोलीले धनगढी उपमहानगरपालिका–६ बिजुलियाका सुरज चौधरी र धनगढी उपमहानगरपालिका–११ का अर्जनु चोधरीलाई पक्राउ गरेको हो ।
घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुको घर खानतलास गर्दा बाकसमा ब्राउन सुगर लुकाइ राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भने उनीहरुलाई पक्राउ गरी थप अनुसन्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
