धनगढीबाट बैतडी लैजादै गरेको नुनको ट्रकमा ठूलो परिणमममा रक्सी बरामद भएको छ ।
आज अपरान्ह साढे पाँच बजे धनगढीबाट बैतडी जादै गरेको से १ ख २०१० नम्बरको ट्रकमा एक सय २६ पेटी रक्सी प्रहरीले बरामद भएको हो ।
साल्ट टे«डिङबाट ४० बोरा नून लिएर बैतडी जादै गरेको ट्रकमा बाटोमा त्रिशक्ति डिष्ट्रिव्युटर्सको पाउच रक्सी राखिएको बताईएको छ ।
चटकपुर चौकमा रहेको प्रहरी बीटका ईञ्चार्ज प्रहरीसहायक निरिक्षक गजेन्द्र चन्दको टीमले रक्सी बरामद गरेको हो ।
प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
