• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्‍चिममा जोखिम उच्च, तयारी कमजोर

भारतका संक्रमित सहरबाट आइरहेका र पहिल्यैदेखि सीमामा पर्खिएर बसेका नेपाली एकैचोटि भित्रिए यहाँका क्वारेन्टाइनले थेग्दैनन् ।

धनगढी — सुरुआती चरणमै कोरोनाका पाँच संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेशले वैशाख लागेयता थप संक्रमण झेल्नुपरेको छैन । पाँचै जना निको भएर घर फर्किसके । तर पनि संक्रमण तीव्र रहेको भारतबाट स्वदेश भित्रिन थुप्रै नेपाली दशगजामा तमतयार बसेकाले यहाँ उच्च जोखिम कायमै छ ।

भारतको उत्तराखण्डका ४ र उत्तरप्रदेशको एउटा जिल्लाको सिमाना सुदूरपश्चिमसँग जोडिन्छ । प्रदेश ५ र २ मा संक्रमितको ग्राफ उकालो लागिरहँदा सुदूरपश्चिमसँग अहिले परीक्षण बढाउने र अन्य आवश्यक तयारीको मौका रहे पनि सीमाक्षेत्रमा थुप्रिएर बसेकालाई व्यवस्थापन गर्न सहज छैन ।

बिहीबारसम्म यहाँका ८ हजार ९ सय ८५ क्वारेन्टाइन बेडमा २ हजार ८ सय ४८ जना छन् । करिब ६५ सय बेड खाली रहे पनि सीमाको भीड एकैचोटि भित्रिए तिनलाई राख्न पर्याप्त हुनेछैन । सुरक्षास्रोतका अनुसार बैतडी पारिपट्टि ५ सय, दार्चुला पारिपट्टि ६१ र कैलाली पारिपट्टि २ सयभन्दा धेरै नेपाली देश पस्न लामबद्ध छन् । उत्तराखण्ड र उत्तरप्रदेशका केही भागबाट सीमातर्फ बढिरहेकाहरूको संख्या अझ ठूलो छ ।

कोभिड–१९ नियन्त्रणका लागि प्रदेश सरकारले गरेको पछिल्लो छलफलमा सरकारी अधिकारीले भारतबाट आउनेको संख्या ८० हजारदेखि एक लाखसम्म हुने अनुमान गरेका छन् । यसको आधा हिस्सा मात्रै सुदूरपश्चिम प्रदेश हुँदै आए क्वारेन्टाइनले धान्ने देखिन्न । सुदूरका ५ जिल्लासँग सीमा जोडिएका उत्तराखण्डका चम्पावत, उधमसिंहनगर र पिथौरागढलाई भारतले संक्रमणको जोखिम कम भएको ‘हरियो जोन’मा राखेको छ । त्यस्तै कैलालीको थोरै सीमा संक्रमण विस्तार भएर ‘अरेन्ज जोन’मा परेको उत्तर प्रदेशको लखिमपुर खिरीसँग जोडिएको छ । ‘ग्रिन जोन’मा जोखिम कम भए पनि संक्रमण तीव्र रहेका अन्य प्रदेशमा पनि नेपाली उत्तिकै छन् ।

केही दिनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाली कामदारलाई घर जान निःशुल्क रेलसेवाको प्रबन्ध गरेको बताएका थिए । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले पनि घर फर्किन चाहनेले नाम दर्ता गराउन सक्ने भन्दै सरकारले नै रेलमा सीमाक्षेत्रसम्म पुर्‍याइदिने घोषणा गरेका थिए । यसले पनि सीमामा भारतका विभिन्न क्षेत्रमा छरिएका नेपालीको भीड अझ थपिन सक्ने सम्भावना देखाउँछ ।

भारतबाट कैयौं दिन हिँडेर नाकामा जम्मा भएकाहरू जोखिमपूर्ण तरिकाले महाकाली तरेर वा डडेलधुराको सीमावर्ती क्षेत्रबाट पहाडी बाटो हुँदै स्वदेश छिरिरहेका छन् । सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदीले बिहीबार मात्रै अवैध रूपमा सीमा पार गर्ने ३ जनालाई कैलाली र १० जनालाई कञ्चनपुरमा नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको बताए ।

सीमामा अड्किएका परिवार सदस्यलाई नेपाल ल्याउनुपर्ने माग स्थानीय स्तरबाट पनि उठिरहेको छ । बुधबार मात्रै कञ्चनपुरको महाकाली नगरपालिका–५ स्थित नगरपालिकाको कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र इलाका प्रहरी कार्यालयअघि करिब ५० जनाले यही माग राखेर धर्ना दिए ।

पछिल्ला दिन पनि सीमामा कैयन् दिन कुर्दा समेत स्वदेश छिर्न नपाएकाहरू महाकालीमा पौडेर वा ट्युब र काठे डुंगामार्फत वारि आइरहेका देखिन्छन् । दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरको केही भागको भारतसँगको सीमा महाकाली नदीले छुट्ट्याएको छ । सुरक्षास्रोतबाट प्राप्त विवरण केलाउँदा लकडाउन सुरु भएको चैत ११ यता झन्डै एक हजार नेपाली महाकाली तरेर यी जिल्ला आएका छन् । स्थानीयका अनुसार यसरी आएका धेरैजसोलाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा राखे पनि केही भने भागेका छन् । केही भारतीयले नै नेपालीलाई ट्युब वा काठे डुंगाबाट तारिदिने गरेको सीमानाकामा खटिएका एक सुरक्षाकर्मी बताउँछन् ।

लकडाउनपछि दार्चुलापारिको धार्चुला हुँदै करिब ३ सय ५० जना डुंगा र तुइनमार्फत वारि आएका छन् । बैतडीको स्वराड क्षेत्रमा कोरोना संक्रमणको त्रास बढेपछि भारत, चम्पावतको लोहाघाट हुँदै करिब अढाई सय र केही महाकालीबाट त्यसै गरी जोखिम मोलेर नेपाल भित्रिएका छन् । महाकाली तरेर डडेलधुराको भागेश्वरा गाउँपालिका हुँदै स्वदेश छिर्नेको संख्या पनि तीन सय हाराहारी छ । त्यस्तै कञ्चनपुरको ब्रह्मदेव, खल्ला मसेटीनजिकबाट बेलाबखत नेपाल छिर्ने क्रम रोकिएको छैन । यद्यपि प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी सीमावर्ती क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी परिचालन बढाएपछि पछिल्ला दिन लुकीछिपी आउनेको संख्या घटेको दाबी गर्छन् ।

प्रदेश डीआईजी सुवेदीका अनुसार पछिल्ला दिन सीमावर्ती वडाहरूमा अनौपचारिक रूपमा वडाध्यक्षको नेतृत्वमा सूचना समिति बनाइएको छ । त्यसले लुकीछिपी सीमा छिर्नेहरूको सूचना दिने गरेको छ । सबै गाउँपालिकाले भारतमा काम गर्नेहरूको नामावली संकलन सुरु गरेको र त्यो विवरण आएपछि फर्किनेहरूलाई क्वारेन्टाइनमा राख्न सजिलो हुने उनले बताए ।

संक्रमित बढ्न सक्ने भन्दै सुदूरपश्चिम सरकारले सबै जिल्लामा भेन्टिलेटर पुर्‍याउन १६ करोड निकासा गरेको छ । उक्त रकम २० वटा भेन्टिलेटर किन्न छुट्ट्याइएको हो । त्यस्तै महाकाली र सेती अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ५०र५० शय्याको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

बुधबार मात्रै सुदूरपश्चिम प्रदेशबाट २ सय ३० जनाको स्वाब संकलन गरिएको छ । जसको नतिजा आइसकेको छैन । त्यस्तै, नेपाल प्रहरीको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको मेडिकल टोलीले बझाङ, बाजुरा, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा स्वाब संकलनको योजना बनाइरहेको छ । स्रोतका अनुसार सबै क्षेत्रबाट स्वाब परीक्षण हुँदा संक्रमितको संख्या बढ्न सक्छ ।

शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.