• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

काठमाडौँ — विश्वभर नोवल कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण ज्यान जानेको संख्या शुक्रबार ३ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख २ हजार १ सय १५ पुगेको छ ।

कोभिड–१९ संक्रमणका कारण पहिलो पटक गत जनवरी ११ मा चीनका ६१ वर्षीय पुरुषको मृत्यु भएको थियो । अमेरिकामा भने कोरोनाका कारण फेब्रुअरी २९ मा वासिङ्टन राज्यका एक पुरुषले ज्यान गुमाएका थिए । त्यसपछि विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दो छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड–१९ संक्रमितको संख्या विश्वभर ४४ लाख ३८ हजारभन्दा बढी छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म करिब १५ लाख ८६ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।

कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र लगभग एक चौथाईभन्दा बढी अर्थात् ८५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित संख्या १४ लाख १७ हजारभन्दा बढी छ । अमेरिकामा करिब २ लाख ४६ हजार निको भएका छन् ।

अमेरिकापछि युरोपेली राष्ट्र बेलायतमा ३३ हजार ६ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने इटालीमा मृतक संख्या ३१ हजार ३ सय ६८ रहेको छ । फ्रान्समा २७ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ भने स्पेनमा २७ हजार ३ सयभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो पटक दक्षिण अमेरिकी राज्य ब्राजिलमा पनि कोभिड–१९ का कारण ज्यान जानेको संख्या तीव्र गतिमा बढिरहेको छ । शुक्रबार बिहानसम्म ब्राजिलमा लगभग १४ हजार मानिसको मृत्यु भइसकेको छ । कोरोना भाइरसको प्रकोप विश्वका लगभग सबैजसो देशमा छ । संक्रमित संख्याका आधारमा अमेरिकापछि सबैभन्दा प्रभावित रुसमा शुक्रबार बिहानसम्म २ लाख ५२ हजारभन्दा बढी संक्रमित पुष्टि भइसकेका छन् भने मृतक संख्या २ हजार ३ सय ५ पुगेको छ ।

डब्लूएचओको चेतावनी स् कोरोना भाइरस कहिल्यै निर्मूल नहुन पनि सक्छ

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने संक्रमण नियन्त्रणउन्मुख भएको बताइन्छ । चीनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार २५ रहेको छ । चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३७ रहेको छ । चीनमा कोरोना संक्रमणबाट केही हप्ता यता कसैको मृत्यु भएको छैन । संक्रमण पुष्टि भएकामध्ये ७९ हजार २ सय ५६ जना निको भएका छन् ।

छिमेकी मुलुक भारतमा पनि संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । शुक्रबार बिहानसम्म भारतमा संक्रमितको ८२ हजार पुगेको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण २ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ भने करिब २८ हजार निको भएका छन् ।

नेपालमा बिहीबार साँझसम्मको तथ्यांकअनुसार २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जना निको भएका छन् । नेपालमा सुरुका पछिल्ला केही दिनयता संक्रमण तीव्र रुपमा फैलिएको छ ।

चीनले डिसेम्बर ३१ मा आफ्नो देशमा निमोनिया गराउने खालका कैयौं संक्रमित भेटिएको भन्दै विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएपछि नोवल कोरोना भाइरसबारे विश्व जानकार भएको थियो । चीनबाहिर जनवरी १३ मा पहिलोपटक थाइल्यान्डमा कोरोना संक्रमित पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो । उसले जनवरी ३० मा कोरोना भाइरसलाई विश्व महामारी घोषणा गरेका थियो भने चीनबाहिर पहिलोपटक फेब्रुअरी २ मा फिलिपिन्समा एक संक्रमितको मृत्यु भएको थियो ।

शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.