• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पूर्वगृहमन्त्रीका गार्डको संक्रमण स्रोत भेटिएन, सशस्त्रका दुई संक्रमित बने धन्यवादका पात्र !

, काठमाडौं । लकडाउनको समयमा प्रशासनले जारी गरेको पास बोकेर उपत्यका छिरेका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई जना चन्द्रागिरि नगरपालिकाका छन् भने अर्की महिला ९२५० भक्तपुरकी हुन् ।

अर्का संक्रमित पूर्वगृहमन्त्री भीमबहादुर रावलको सुरक्षा टोलीका सदस्यले आफू उपत्यका छाडेर कतै नगएको बताउँछन् । त्यसैले उनको संक्रमणको स्रोत खोज्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९अप्स० तथा नेपाल प्रहरी जुटेको छ । भक्तपुरको दुवाकोटमा बसेका २७ वर्षीय उनमा संक्रमण देखिएपछि उपत्यकाभित्र पनि समुदाय स्तरमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

त्यसैले सर्वसाधारणको व्यापक रुपमा परीक्षण थालिनुपर्ने जनस्वास्थ्यविद्हरु बताउँछन् । उनको कन्ट्याक ट्रेसिङमा संलग्नहरुले भने उनी बसेको घरबाटै संक्रमण फैलिएको हुनसक्ने शंका गरेका छन् ।

काठमाडौंका दुवै संक्रमित सशस्त्र प्रहरीसँग जोडिएका व्यक्ति हुन् । एक जना संक्रमित महिला अवकाश प्राप्त सशस्त्र प्रहरी जवान हुन् । उनका श्रीमान सशस्त्र प्रहरी अस्पतालमा कार्यरत छन् । अर्का संक्रमित पुरुष पनि सशस्त्र प्रहरीकै जवान हुन् ।

सात स्वाबको नतिजाबाट स्रोत खुल्ने आश

दुवाकोटका सशस्त्र प्रहरी जवानमा संक्रमण देखिएलगत्तै महानगरीय प्रहरी परिसर, भक्तपुरको समन्वयमा ७ जनाको स्वाब संकलन गरिएको थियो । जसमा उनकी श्रीमती, दुई जना बच्चा, हजाम, सब्जी मण्डीका सदस्य, भाडामा बस्ने व्यक्ति र मिस्त्री छन् ।

कन्ट्याक ट्रेसिङमा खटिएका एक अधिकृत भन्छन्, ‘उहाँले बाहिर कतै नगएको भन्नु भएको छ, त्यसैले कोबाट स¥यो भन्ने विषय खोज्न जटिल देखिएको छ ।’ यद्यपि, यसको उत्तर ७ जनाको स्वाबको रिपोर्टले दिनसक्ने अधिकृतहरुको विश्वास छ ।

‘घरमै भएका व्यक्ति र तरकारी पसल दुई मध्ये एकबाट सरेको हुनसक्छ’, एक अधिकृत भन्छन् । उनीहरु कसैको पनि पोजेटिभ नआए, स्रोत पत्ता लगाउने कार्य थप जटिल बन्न सक्ने अधिकृतहरु बताउँछन् ।

भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधान भने कन्ट्रयाक ट्रेसिङ लगायतका कार्य द्रुत गतिमा भइरहेको बताउँछन् ।

भक्तपुरकी संक्रमित २५ वर्षीय युवती सुनसरीको रामधुनी नगरपालिकाबाट २९ वैशाखमा काठमाडौं आएकी थिइन् । काकाको गाडीमा चढेर काठमाडौं आएकी उनको सम्पर्कमा आएकाको पनि खोजी भइरहेको छ ।

स्रोतका अनुसार मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्ससँग ‘रुम शेयर’ गरेर उनी बसेकी थिइन् । त्यसैले उनको स्वाब पनि परीक्षणका लागि प्रहरीले पठाएको छ । उनी कार्यरत अस्पताल पनि शिल गरिएको प्रहरीको भनाइ छ ।

उनको डेरा भएको घर र आसपासका क्षत्रेलाई पनि सिल गरिएको स्रोत बताउँछन् । उनले ड्यूटी सुरु गर्नुअघि कोरोना परीक्षण गर्र्न चाहेकी थिइन् । त्यही अनुसार आरोग्य फाउन्डेसनको एम्बुलेन्समा चढेर स्वाब परीक्षणका लागि टेकु गएकी थिइन् । त्यसयता उनी पाटन अस्पतालको आइसोलेसनमा थिइन् ।

त्यसैले एम्बुलेन्सका चालकसहित सहयोगीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइसकिएको स्रोतले बतायो । उनीसँग सम्पर्कमा आएका तेस्रो लेयरका व्यक्तिको पनि निगरानी भइरहेको ट्रेसिङमा संलग्न अधिकृतहरु बताउँछन् ।

काठमाडौं आउने क्रममा उनले सिन्धुलीमा खाजा पनि खाएको पाइएको छ । त्यसैले पसलका व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिसकिएको छ ।

सशस्त्र प्रहरीका दुई जवानलाई मेयरको धन्यवाद !

सशस्त्र प्रहरीकी अवकाश प्राप्त र वहालवाला जवान भने एउटै गाडीमा काठमाडौं आएको खुलेको छ । वहालवाला जवान सशस्त्र प्रहरी अस्पतालका मेडिकल स्टाफ हुन् ।

उनीहरु सवार गाडीमा ८ जना थिए । ती सबैको परीक्षणका लागि स्वाब टेकु अस्पतालमा पठाइएको थियो, तीमध्ये दुई जनाको मात्र नतिजा पोजेटिभ आएको हो ।

संक्रमित जवान पुगेर फर्किएको नेपालगञ्जमा पनि जिल्ला प्रहरी कार्यालय, बाँके र जनस्वास्थ्य कार्यालयले ट्रेसिङको काम थालिसकेको छ । दुवै जना काठमाडौं आइपुगेर सेल्फ आइसोलेसनमा बसेका थिए र परीक्षणका लागि स्वाब दिएका थिए ।

‘उहाँहरुको सावधानीले रोग अन्यत्र फैलिन पाएन भन्ने हाम्रो आशंका छ’, एक अधिकृत भन्छन्, ‘चन्द्रागिरिका मेयर घनश्याम गिरि र महानगरीय प्रहरी वृत्त, चन्द्रागिरिका प्रमुखले पनि उहाँहरुलाई धन्यवाद दिनुभएको छ ।’ यो घटनाबाट विभिन्न जिल्लाबाट आएका अन्य व्यक्तिले पनि पाठ सिके कोरोना भाइरसको नियन्त्रणमा सरकारलाई सहयोग पुग्ने अधिकारीहरु बताउँछन् ।

हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विदामा गएका कर्मचारीको कोभिड–१९ परीक्षणपछि मात्र ब्यारेकमा राख्ने गरेका छन् ।

शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.