धनगढी १ जेठ- धनगढीमा लकडाउन उल्लङघन गरी आवतजावत गर्ने एक सय ३५ जनालाई दुई घण्टा घाममै उभ्याएको छ । उनीहरुलाई सडकमै घाममा उभ्याईएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका विभिन्न स्थानमा लकडाउनको उल्लङ्घन गरी एक सय ३५ जनालाई दुई घण्टा सडकमा उभ्याएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले उनीहरुलाई दुई घण्टा सडकमा उभ्याएर छोडिएको बताए । यस्तै लकडाउनमै चलाईएका एक सय एक सवारीसाधन पनि नियन्त्रणमा लिईएको छ ।
धनगढी क्षेत्रमा चलाईएका मोटरसाईकल, स्कुटर तथा विद्युतीय रिक्सा समेत गरी एक सय एक सवारीसाधन नियन्त्रणमा लिईएको प्रवक्ता बस्नेतले बताए ।
यसअघि बुधबार पनि प्रहरीले लकडाउनको उल्लङ्घन गरी चलाईएका दुई सय ९२ सवारीसाधन नियन्त्रणमा लिएको थियो भने तीन सय १९ जनालाई सडमै उभ्याएको थियो ।