ईश्वर जैशी
सुखड, १ जेठ- कैलालीको घोडाघोडी नगरपालिका १, सुखडमा खाद्यन्न धुवानी भन्दै अखाद्यय बस्तु धुवानी गरिरहेको ट्रकलाइ बिहबार विहान सुखड प्रहरीले नियन्त्रण मा लिएको छ । विरगञ्ज देखि कैलाली सम्मका लागी फेन्सी तथा लत्ताकपडा धुवानी गरिरहेको ना ६ ख ४३५१ नम्बरको ट्रकलाइ सुखड प्रहरीले नियन्त्रण लिएको हो ।
सुखडमा रहेको ट्राफीक चेक पोष्टमा सोधपुछका गरि इन्ट्री गर्दा सवारी चालकले खाद्यन्न भएको बताएका थिए तर सुखडका एक जना कपडा होलसेल व्यापारीको समेत उक्त ट्रकमा सामान रहेको हुदा सामान झारीरहेको अवस्थामा प्रहरीले देखे पछि उक्त ट्रकलाइ नियन्त्रणमा लिएर राखिएको इलाका प्रहरी कार्यलय सुखडका प्रहरी प्रमुख हरिसरण भट्टले बताएका छन ।
त्यस्तै सुखडमा लकडाउनलाइ धेरैले उल्घन गरेको पाइएको ले सबैको प्रयासले मात्र भाइरस नियन्त्रण आउन सक्ने भन्दै वेवास्था नगरि लकडाउनको पालना गरिदीन समेत इलाका प्रहरी कार्यलय सुखडले सम्र्पूण नागरिकमा आग्रह समेत गरेको छ ।
