धनगढी, ३० बैशाख
धनगढी उप–महानगरपालिकाले वडा नं ४ मा वितरण गरिएको काम गुणस्तरको राहत चामलको गुणस्तर चेकजाँच र छानबिनमा चामलको आपूर्तीकर्ता फर्म ठाकुर ट्रेडलिङ्कलाई २ लाख जरिमाना गरिएको छ ।
वडाका केहि स्थानीयहरुले राहत अन्तरगत वितरण गरिएको चामलमा किरा भेटिएको भन्दै गुनासो गरेपछि धनगढी उप–महानगरपालिकाले छानबिनका लागि सम्वन्धीत निकाय संग अनुरोध गरेको थियो । बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी कैलालीका निरिक्षक कमलबहादुर पुन मगरले छानविन पछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ( ङ) बमोजिम कशुर रहेको देखिएकाले चामलको आपूर्तीकर्ता फर्म ठाकुर ट्रेडलिङ्कलाई २ लाख जरिमाना गरिएको बताए । तोकिएको जरिमाना ७ दिन सम्म दाखिला नगरेमा कारोवार बन्द गरि कार्वाही अगाडी बढाउने ब्यबस्था रहेको पनि पुनले बताए ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयले चामलको चेकजाँच गर्ने धनगढी उप–महानगरपालिका बजार अनुगमन अधिकृत योगेन्द्र चन्दले बताए । उनले भने, त्यसमा पनि केहि कैफियत देखिएमा थप कार्वाही अगाडी बढाईन्छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका निरिक्षक दिपक कुँवरले गलत गर्ने जो कोहिलाई पनि कार्वाही गर्ने जिम्मेवारी आफुहरुको भएको बताए ।
धनगढी उप–महानगरपालिकामा राहतको खाद्यान्न खरिद गर्ने ठेक्का ठाकुर ट्रेडलिङ्कले पाएको थियो । वडामा संकलन गरिएको राहत पाउनेको विवरणका आधारमा आपूर्ती कर्ता फर्मले वडामा नै खाद्यान्न खसालेको थियो ।
गुणस्तरहिन राहत चामल आपूर्ती गर्ने ठाकुर ट्रेडलिङ्कलाई २ लाख जरिमाना
गुणस्तरहिन राहत चामल आपूर्ती गर्ने ठाकुर ट्रेडलिङ्कलाई २ लाख जरिमाना