धनगढी, २८ बैशाख
सुदुरपश्चिम कानून विद्यार्थी समाजले आयोजना गरेको राष्ट्रिय अनलाइन निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।
प्रतियोगितामा काठमाडौं स्कुल अफ ल कि नमिता रेग्मीले प्रथम, सोही कलेजका ऋतिक यादव द्वितीय र नेशनल ल कलेजकि रक्षा अवस्थीले तृतीय स्थान हाँसिल गरेको समाजका उपाध्यक्ष प्रीती साउँदले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले ४ हजार द्वितीयले २ हजार र तृतीयले १५ सय प्राप्त गर्ने छन् । पुरस्कार र प्रमाणपत्र लकडाउन खुलेपछि यथाशीघ्र एक कार्यक्रमको आयोजना गरि प्रदान गरिनेछ ।
प्रतियोगिताको शिर्षक ‘महामारीमा आप्रवासी कामदार र उनीहरूप्रति राज्यको दायित्व’ रहेको थियोे । प्रतियोगितामा देशभरका कानून पढाइ हुने क्याम्पस तथा प्लस टु का विद्यार्थीहरूको सहभागिता रहेको थियोे ।
प्रतियोगिताको निर्णायकको भूमिकामा अधिवक्ताहरू दिपकराज जोशी (वारिधी ल एण्ड रिसर्च सेन्टर), विशाल न्यौपाने (कार्यक्रम निर्देशक, ए आई डि आई ए ), निमा गिरी(युवा नेत्री एवं सामाजिक अभियन्ता ) , नवीन भण्डारी ( ईम्पेरियल ल एण्ड एसोसिएट्स) र प्रभात क्षेत्री (शाखा अधिकृत, मन्याका ) रहेका थिए ।
सुदुरपस्चिम कानून बिध्यार्थी समाजले कोभिड ज्ञढ नामक महामारिका कारण भएको लकडाउनले पठनपाठनमा भईरहेको विधमान समस्याका कारण बिद्यार्थीहरुका रचनात्मक क्रियाकलापहरुमा परिरहेको प्रतिकुल असरलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको संस्था का उपाध्यक्ष साधना देउवाले जानकारी दिनुभयो ।
सुदुरपस्चिम कानून बिध्यार्थी समाज सुदुरपस्चिम प्रदेशमा स्थायी बसोबास भई देशका विभिन्न क्याम्पसहरुमा कानून अध्ययनरत बिद्यार्थीहरुको साझा संस्था हो ।
लकडाउनको अवधीमा राष्ट्रिय अनलाईन निवन्ध प्रतियोगिता सम्पन्न
लकडाउनको अवधीमा राष्ट्रिय अनलाईन निवन्ध प्रतियोगिता सम्पन्न