धनगढी, २७ बैशाख- बिधेशी हस्तक्षेप रोक्नु पर्ने माग राख्दै सुदूरपश्चिम प्रदेशको धनगढीमा युवाहरुले बिरोध प्रदर्शन गरेका छन् । सिंहदरबार अगाडिबाट चिनिया नागरिकहरुले प्रहरीमाथी हातपात गरेको बिरोध धनगढीमा बिरोध प्रर्दशन गरेका हुन् ।
चिनियाँ नागरिकहरुले शुक्रबार निषेधित क्षेत्रमा धर्ना बसेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि हातपातसँगै अभद्र व्यवहार गरेको थियो । नेपाली प्रहरीलाई कुटने बिदेशीहरुलाई बिदेशी आतंककारी घोषित गर, प्रहरी जवानको स्वाभीमान बचाउनुपर्ने, नेपाली जनताको सुरक्षा गर भन्र्दै धनगढीका युवाहरुले बिरोध ¥याली निकालेका हुन् । धनगढीको पिपल चौतारा धनगढी एलएन चौक हुदै पार्क मोड सम्म बिरोध ¥याली निकाली परिक्रमा गरेको युवा समाजसेवी योगेश भण्डारीले जानाकारी दिए ।
प्रहरीमा माथि आक्रमणको निन्दा गर्दै बिदेशी नागरिकले यसरी प्रहरीलाई कुटपिट गर्नु भनेकै बर्तामान सरकार लाचार भएको संज्ञा दिद सरकारको राज्य ब्यवस्था चलाउने शैली र नेपाली जनताको सुरक्षाको विषयमा ठुलो थप्पड प्रहार भएको भन्दै बिरोधमा उत्रेको युवा समाजसेवी भण्डारीले बताए ।
