नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले लकडाउन कडाइ गर्न उर्दी जारी गरेको छ । सरकारले लागु गरेको लकडाउन तथा अन्य थप पद्धतिमा ध्यान दिन स्थानिय सरकार र प्रशासनको ध्यानार्कषण गर्दै पत्र मार्फत उर्दी जारी गरेको हो ।
नेपाली काँग्रेसले जिल्लाको दक्षिणी खुला सिमाक्षेत्र बेलौरी, पुनर्वास एवम् बेलडाँडीमा लकडाउनको अवज्ञा गर्दै खुकुलोपन देखिएकाले कडाइ गर्न स्थानिय सरकार र प्रशासनको ध्यानाकर्षण गराएको जनाएको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरसबाट सिङ्गो राष्ट्रमा नै भयाभह स्थिति सृजना भइ रहेका बेला नजिकै भारत संगको खुल्ला सिमा क्षेत्रमा खुुुकुलो र उत्तरप्रदेश राज्य आवागमनमा सहजता अपनाइएका कारण यस क्षेत्रमा जोखिम बढ्ने देखिएको नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती गोपी प्रसाद उपाध्यायले बताए ।

स्थानिय बजारहरु खुकुलो तथा नियमित रुपमा आवतजावत भइरहेकाले कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भएकाले सजगता अपनाउन जरुरी रहेको नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सचिव विश्राम रानाले जनाए । त्यसैअनुरुप स्थानिय सरकार र प्रशासनलाई सजगता अपनाउन समेत आग्रह गरिएको रानाले बताए ।
विश्वभर कोरोना कोभिड १९ को संक्रमण बढ्दै गइरहेको छ । दिनप्रतिदिन नेपालमा पनि कोरोना संक्रमित बढिरहेका छन् । सरकारले कोरोना न्युनिकरण तथा नियन्त्रणका लागी पुरै क्षेत्र लकडाउन गरेको छ तर कञ्चनपुरको दक्षिणी क्षेत्रहरुमा लकडाउनको पालना नभइरहेको स्थानिय बताँउछन् । लकडाउन खुकुलोको कारण कोभिड १९ को संक्रमणको जोखिम बढेकाले यसक्षेत्रका स्थानिय चिन्तित भएका छन् ।