कञ्चनपुर, ,
विश्वभरी कोरोना भाईरस(कोडिभ १९)ले मानव जातिमाथि नै आतङ्क मच्चाईरहेको छ । कोरोनाको त्रासले मानिसलाई कसरी बाँच्ने सोच्न विवश पारेको अवस्थामा कञ्चनपुरमा एक बालिका माथि बलात्कार भएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि(बन्दाबन्दी) लकडाउन गरेकै समयमा २ बैशाखमा कञ्चनपुरकी एक बालिकामाथि बलात्कार भएपनि घरमा ढिलोगरि बताएपछि घटना पाँच दिनपछि घटना बाहिरिएको थियो ।
लकडाउका बेला कञ्चनपुरका स्थानीय केही गहुँ भित्र्राउन व्यस्त छन, घरमै बसेका केही कृषिजन्य काममा पनि व्यवस्त छन् । तर, कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाका एक बृद्धले आफन्त १५ बर्षिया बालिकालाई बलात्कार गरेका छन् । ति बालिका माथि गिद्दे नजर लगाएका ६८ बर्षिया तारा ओझा अहिले प्रहरी फन्दामा परेका छन् । उनले बालिकालाई ५० रुपैया दिएर बलात्कार गरेको खुलेको छ । पीडक पक्षले घटना मिलाउन पीडित(बालिका) पक्षलाई दश लाख दिन खाजेपछि प्रहरीले घटना मिलाउन दिएको छैन् । पीडक पक्षले पीडित पक्षलाई दिएको १०लाखको चेक समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालिकाले केही अधिकारकर्मीसंग बलात्कार गरेपछि सकैलाई नभन्नु भनेर ५०रुपैया दिएको बताएकी छिन् । दुई बिस रुपैयाको नोट र एक दशको नोट दिएर कसैलाई नभन्नु भनेको बालिकाले बताएकी छिन् । भित्र लगेर बृद्धले आफ्नो कपडा र मेरो कपडा खुलेर बलात्कार गरेको बताएकी छिन् ।
बालिकाका एक आफन्तले बालिका ओझाको घरमा गएका बेला मुख च्यापेर जबरजस्ती बलात्कार गरेको बताएका थिए । ‘बृद्ध बुढा बालिकाका आफन्त नातेदार हुन, ‘बालिकाका आफन्तले भने, ‘सोच्दै नसोचेको घटना गराईयो ।’
घरयासी कामकाजले बालिका बृद्धको घरमा गएका बेला सबै गहुँ काट्न गएको मौकामा बृद्धले आफ्नै घरमा बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले बृद्ध ओझाका नाममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी दिएका थिए ।
ओझा बिरुद्ध जबरजस्तीकरणी उद्योगमा दिएको किटानीका आधारमा कञ्चनपुर प्रहरीले बृद्धलाई भोलीपल्टै पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले बृद्ध पक्राउ गरि अनुसन्धानको काम अन्तिम चरणमा पुगेको बताए ।
पीडक पक्षले पीडितलाई घटना मिलाउन दिएको चेक पनि नियन्त्रणमा लिएरको प्रवक्ता पौडेलले बताए ।
कञ्चनपुरका महिला अगुवाहरुले लकडाउनको मौकाछोपी बालिका, किशोरी एव महिलामाथि हुने घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका छन् । अधिकारकर्मी माया नेगीले अपराधी जो सुकै जस्तो सुकै किन नहुने महासंकटको घडीमा यस्ता काम गर्ने गराउने व्यक्तिहरुमाथि थप कार्बाहीको माग अघि सारिन् । लकडाउनका समयमा कञ्चनपुरमा आत्महत्याका साथै किशारी महिलामाथिका बलात्कार, यौनजन्य हिंसा रोकिएका छैनन् ।