धनगढी, २२ बैशाख
न्यु उपदेश युवा क्लवले आफ्नो क्षेत्र जाली गाउँमा लकडाउनको पुर्णरुपमा पालना गराउन युवाहरु सकृय हुने निर्णय गरेको छ ।
क्लवको सोमबार बसेको बैठकले गाउँ लकडाउनमा उलंघनका गतिबिधि बढेर ट्रेक्टर, मोटरसाईकल र नयाँ मानिष आउन थालेपछि गाँउ कोरोनाको संक्रमणको जोखिम हुने भन्दै लकडाउनको पुर्ण रुपमा पालना गराउन अभियान थालनी गरेको न्यु उपदेश युवा क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
क्लवका सचिव अर्जुनसिह महतोको मुल समिति बनाई तिन जना प्रत्यक टोलको उपसमिति बनाएको छ । टोलमै समितिका युवाहरुले लकडाउनको पालना सहित सामाजिक दुरी कायम गर्न लगाउने र गाउँमा आएका सवारी साधानलाई फर्काउने अभियान गर्ने क्लवका सचिव तथा युवा परिचाल मुल समितिका संयोजक अर्जुनसिह महतोले बताए ।
बैशाख २२ गते पहिलो दिन लकडाउन अलंघन गर्ने सबारी साधान र मानिसलाई सम्झाई बुझाई फर्काउने र २३ गतेबाट सबै सबारी साधनलाई रोकेर प्रहरीको समन्वयमा स्थानिय प्रहरीलाई जिम्मा लगाउने न्यु उपदेश युवा क्लवले जनाएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुर संग समन्वय गरेर युवाहरुले उक्त अभियान थालनी गरेको बताए ।
क्लवले गठन गरेको बिभिन्न टोल समितिमा पिपल चौक टोलबाट सरोज चौधरी, शुसान्त टोलबाट हिक्मत सिह, शान्ति टोलबाट सुजन चौधरी, बिजुलीया टोलबाट धर्मराज कुँवर, शिद्धिगणेश टोलबाट जिवन खड्का र नबदुर्गा टोलबाट शिरिस चौधरी रहेका छन् । टोल संयोजकले आफ्नै टोल भित्र प्रबेश गरेका सवारी साधन र मानिषलाई सम्झाई बझाई फर्काउने नमाने मुल समिति र स्थानिय प्रहरीलाई खबर गरी बताबारण मिलाउने निर्णय भएको मुल समितिका संयोजक महतोले जानकारी दिए ।