धनगढी, २१ बैशाख । कैलालीको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण प्रशाद भुसालको हत्या भएको भन्दै छानविनको माग जिल्ला प्रहरी कार्यालय कैलालीलाई ज्ञापन बुझाएका छन ।
घटनाको भएको ११ दिन भईसक्दापनि छानबिन नभएको भन्दै विद्यालयका पूर्व विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय मसुरीया मार्फत जिल्ला प्रशासन कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालय कैलालीलाई ज्ञापन समेत बुझाएका हुन्।
घटना घटेको लामो समय भईसक्दा पनि घटनालाई अन्तै मोड्ने प्रयास भएको भन्दै प्रर्दशन समेत गरेको छन ।निजी विद्यालयको छाता संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसााल पूर्व–पश्चिम महेन्द्र राजमार्गको आमखैयामा मृतावस्थामा फेला परेका थिए।