धनगढी, १८ बैशाख- न्यु उपदेश युवा क्लव धनगढी उपमहानगरपालिका ६ जालीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार जालीकै पिपल चौकमा क्लवका सदस्य तथा स्थानिय युवाहरुबाट २४ पिन्ट रक्तदान गरेका थिए ।
लकडाउनका कारण धनगढीको रक्त सञ्चार केन्द्र धनगढीमा रगतको अभाव भएपछि क्लवले रक्तदानको कार्यक्रमको आयोजना गरेको न्यु उपदेश युवा क्लवका रक्तदान कार्यक्रमका संयोजक बिदेशराम चौधरीले जानकारी दिए । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ युवाहरुले रक्तदान गरेका हुन् ।
क्लवले समुदायमा बिभिन्न सामाजिक कार्य गर्ने अभियन अन्तरगत रक्तदानको कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए । अध्यक्ष देउवाले कार्यक्रममा रक्तादाता सबैले समाजिक अभियानमा साथ दिएकोमा सबैलाई धन्यवाद समेत ज्ञापन गरेका थिए । रक्तादान कार्यक्रममा धनगढी जालीका स्थानीय व्यापारीले रक्तादाताहरुलाई जुस र नास्ताको सहयोग गरी अभियन सफल पारेकोमा समेत क्लवले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।
रक्तदाताको नामावली
१ विदेश चौधरी २ श्रवण देउवा ३ मेख राज भट्ट ४ जिवन खड्का ५ जुगराम चौधरी ६ खेमराज चौधरी ७ राजेन्द्र चौधरी ८ लक्ष्मण चौधरी ९ डम्बर बोगटी १० कालु प्रसाद चौधरी ११ अर्जुन सिंह महतो १२ सागर चौधरी १३ सरोज चौधरी १४ विजय चौधरी १५ युकेश चौधरी १६ रोशन रावल १७ अर्जुन चौधरी १८ आकाश चौधरी १९ धनीराम चौधरी २० चुलीराम चौधरी २१ राम चौधरी २२ गोरख चौधरी २३ भागीराम चौधरी २४ सुरज चौधरी