धनगढी, वैशाख १८- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा घुम्ती सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोले धनगढी उप–महानगरपालिका वडा नम्वर ५ हसनपुरमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।



लकडाउन अवधिमा आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षित गरि सपथ मूल्य पसल सञ्चालन गरिएको लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकाका अध्यक्ष तिर्थ पन्तले बताउनुभयो । सुपथ मूल्य पसल वैशाख १९ गतेसम्म दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।



जिल्ला प्रशासन कार्यालय कैलाली, वाणिज्य कार्यालय कैलाली तथा धनगढी उपमहानपालिकाको समन्वयमा लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोले सञ्चालन गरेको शुपथ मुल्य पसल विभिन्न स्थानमा सञ्चालन गरिनेछ । एक स्थानमा तीन दिनसम्म सञ्चालन भएपछि लकडाउनको अवधिभर तीन दिनको हिसावले धनगढी नगरका विभिन्न स्थानमा सञ्चालन हुने लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकाका अध्यक्ष तिर्थ पन्तले बताउनुभयो ।