बाजुरा, वैशाख १७- जयमालिका यातायात प्रालिले बाजुरामा क्रियाशिल पत्रकारहरुलाई ज्योक हस्तान्तरण गरेको छ । रिपोर्टिङका लागि खटिने पत्रकारका लागि सहज होस भन्नका लागि जयमालिका यातायातले ज्याकेट हस्तान्तरण गरेको हो ।
क्रियाशिल ३७ जना पत्रकारहरुलाई ज्याकेट हस्तान्तरण गरिएको यातायात प्रालिका अध्यक्ष प्रेम नाथले जानकारी दिनुभयो । जयमालिका यातायात प्रालिको कार्यालयमा एक कार्यक्रम गरी बडिमालिकाका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहलाई ज्याकेट हस्तान्तरण गर्नुभएको हो ।

सम्बन्धीत सञ्चार माध्यमका प्रतिनिधिलाई बोलाएर बाजुराका क्रियासिल पत्रकारहरुलाई ज्याकेट वितरण गरिएको समन्वयकर्ता राससका जिल्ला संवाददाता प्रेम रौलेले बताउनुभयो ।
