धनगढी, १६ बैशाख- सरकारले लकडाउन घोषण भएपछि दैनिक ज्यालादारी मजदुर तथा बिपन्न वर्गलाई खाद्यान्न संकट नओस् भन्दै ७औ बौवाहीक बर्षगाठको एक दम्पतीले अबसरमा राहत सामग्री बितरण गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली निवासी हाल काठमाण्डौमा नेपाल प्रहरीमा कार्यरत दिपेन्द्र देउवा तथा बिष्णा बोगटीको आफ्नो ७ औ बैवाहिक बर्षगाठको अबसरमा जालीमा सामाजिक कृयाकलापमा सकृय उपदेश युवा क्लव मार्फत बिपन्न समुदायलाई खाद्यान्न सामाग्री बितरण गरेका हुन् ।
कोरोना संक्रमण बिश्वनै असुरक्षित भएका बेला नेपाल सरकारले लकडाउन घोषणा गरेका बैशाख १६ गते ३६ औ दिन पुगेको छ । लकडाउनमा दैनिक ज्यालादारी मजुर तथा बिपन्न बर्गलाई दैनिक छाक टार्न समेत समस्या भएको खबर पाएपछि बैवाहीक बर्षगाठमा खुशियाली मनाउनु भन्दा उक्ता खर्च कटाएर समस्यामा समस्यामा परेका समुदायलाई खाद्यान्न बितरण गरेको दिपेन्द्र देउवाले बताए ।
बिपन्न बर्गलाई समस्या भएको भने पछि बिगतदेखी समाजमा कृयाशिल उपदेश युवा क्लव मार्फत जाली गाउँका बिपन्न बर्गलाई बितरण गरेको उपदेश युवा क्लवका सचिव अर्जुनसिह महतोले जानकारी दिए । हाल काठमाण्डौमा रहेका देउवाले सहि सदुपयोग होस् भन्दै क्लव मार्फत बितरण गर्न लगाएको सचिव महतोले बताए ।
देउवाले पठाएको रकमबाट खाद्यान्न सामाग्री खरिद गरी क्लवले जाली गाउँका २५ बिपन्न समुदायलाई चामल, नुन, तेल र सोयाबिन बितरण गरेको क्लवका सचिव अर्जुनसिह महतोले जानकारी दिए । बितरण कार्यक्रममा आर्थिक सहयोगिका बुबा प्रमेसिह देउवा, जाली गाउँका समाजसेवी गणेश श्रेष्ठ, क्लवका अध्यक्ष श्रवण देउवा, क्लवका सदस्यहरु धर्मराज कुँवर, खेमलाल चौधरी र गौरव चौधरी सहभागि रहेका थिए ।




