बझाङ १४ बैशाख- बझाङ मुल घर हाल धनगढी बस्दै आएका युवा समाजसेवी ईन्द्र भण्डारीले बिपन्न समुदायलाई खाद्यान्न बितरण गरेका छन् । बझाङको तलकोट गाउँपालिका वडा न ५ मा बस्ने दलित समुदायलाई राहत बितरण गरेको युवा समाजसेवी ईन्द्र भण्डारीले जानकारी दिए ।
बिश्व कोरोना भाईरस संग लडिरहेको बेला आफ्नो समाजमा आम्दानीको सानो भएपनि सहयोग गर्नुपर्ने भावनाले सय घरपरिवारलाई २० केजी चामलका दारले राहत स्वरुप खाद्यान्न सहयोग गरेको भण्डारीले बताए ।
सबै क्षेत्र संकटमा परेका वेला दिन सक्ने व्यक्तीले सहयोग गरेर सामाजिक गतिबिधी बढाउन समेत उनले सबैमा आग्रह गरेका छन् । खाद्यान्न सहयोग पाएपछि रोजगारी नभएपछि यसरी खाद्यान्न सहयोगले धेरै राहत भएको दलित समुदायका अगुवाको भनाई छ । खाद्यान्न सहयोग गर्ने भण्डारीलाई उक्त समुदायले धन्यवाद समेत व्यक्त गरेका थिए ।
