सुदूरपश्चिमका दुई हजार नौँ सय ४१ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार सबैभन्दा बढि प्रदेशको राजधानी कैलालीमा एक हजार ५ सय २१ ज्नाको र्यापिड टेस्ट गरिएको छ।
यस्तै कञ्चनपुरमा ४ सय १५, बैतडीमा एक सय ४२, दार्चुलामा ५८, डडेल्ुधरामा ९, डोटीमा दुई सय ७१, बझाङमा चार सय ६१, अछाममा १, बाजुरामा ६३ जनाको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ।
यस्तै अहिलेसम्म विभिन्न अस्पतालको आईसोलेसनमा राखिएका ७४ जनालाई डिस्चार्ज गरिएको छ। उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। अहिले प्रदेशका विभिन्न सात वटा अस्पतालमा १८ जनालाई आईसोलेसमा राखिएको छ। जस्मा ५ जना कोरोना संक्रमित छन् भने बाँकी १३ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ। उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ। यस्तै प्रदेशमा डोटी बाहेक अन्य आठ जिल्लामा एक हजार ८३ जनालाई विभिन्न क्वारेन्टाईनमा राखिएको छ।
यस्तै आज मात्रै सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधि थप दुई सय २५ जनाको नमूना परीक्षण गरिएको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार आज धनगढीमा स्थापना भएको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट दुई सय २५ जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
सुदूरपश्चिम प्रदेशबाट नमूना संकलन गरी कोरोना परीक्षण थालिएको झण्डै दुई महिनामा हिजो सम्म ७ सय ५६ जनाको रिपोर्ट आएको थियो भने आज थप दुई सय २५ जनाको नमूना परीक्षण भएसंगै उक्त सङख्या बढेर नौँ सय ८१ पुगेको छ।
अहिलेसम्म पाँच जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा आज सम्म पीसीआर प्रविधिबाट कोरोना परीक्षणका लागि दुई हजार ५ सय २० जनाको नमूना संकलन गरिएको छ। अझै एक हजार ५ सय ३९ जनाको रिपोर्ट भने आउन बाँकी छ।