धनगढी, २ बैशाख
लकडाउनका कारण छाक टार्न समस्या भएकाहरुका लागि भन्दै हिमालयन बैंकले खाद्यान्न सहयोग गरेको छ ।
धनगढी उप–महानगरपालिकाको नगर स्तरीय बिपद ब्यबस्थापन समितिलाई ८ कुन्टल चामल , १सय किलो दाल,५ पेटी तेल, १ कट्टा नुन सहयोग गरेको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले, दाताहरुले खाद्यान्न सहयोग गरेका कारण छाक टार्न समस्या भएकाहरु सम्म राहत पु¥याउन सजिलो भएको बताए । उनले भने, अप्ठेरोमा सहयोग गर्ने हिमालयन बैंक परिवार प्रती उप–महानगरपालिका आभार ब्यक्त गर्दछ ।
धनगढी उप–महानगरपालिकाले वडातहमा गठन गरिएका सर्वदलिय सर्वपक्षीय समितिले पहिचान गरेर पठाएको मजदुर र बिपन्न परिवारले राहत पाईरहेको नगरप्रमुख वडले बताए । उनले भने, खाद्यान्न किनेर खान सक्ने, जगेडा खाद्यान्न भएकाहरुका लागि राहत होईन ।
हिमालयन बैंकद्धारा खाद्यान्न सहयोग
हिमालयन बैंकद्धारा खाद्यान्न सहयोग
