धनगढी, २ बैशाख- डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर २ का विपन्न परिवारका लागि स्थानीय युवा समाजसेवी तथा भागरथी निर्माण सेवाका प्रबन्ध निर्देशक केशब बमले राहत सामग्री प्रदान गरेका छन् । उनले विपन्न परिवारका लागि चामल दालसहितका खाद्य तथा मास्क लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
वडामा रहेको विपन्न वर्गलाई राहत वितरण गर्नका लागि उक्त सामग्री बमले वडाअध्यक्ष राम बहादुर नाम्जालीलाई हस्तान्तरण गरेका हुन् । बमले ६ सय किलो चामल, २५ किलो मासको दाल, खाने तेल, सोयाविन, मास्क लगायतका सामग्री सहयोग गरेका हुन् ।
विपतको घडीमा दैनिक चुल्हो बाल्न कठिनाई भएका वडाका बासिन्दालाई केही भए पनि राहत प्रदान गर्नका लागि सहयोग गरेको बमले बताए । सबैले आफ्नो क्षेत्रबाट सहयोग गरेमा नै यस्तो महाबिपत्तीमा सामाना गर्न सजिलो हुने वमको भनाई छ । उनले सबैलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छन् । बम भागरथी निर्माण सेवाका प्रबन्ध निर्देशक पनि हुन् ।
केही राहत समेत हुने सकिने यसरी राहत लिएर आफ्नो वडाबासीका लागि प्रदान गररेको भन्दै वडा अध्यक्ष रामबहादुर नाम्जालीले वमलाई धन्यवाद समेत दिएका थिए ।

