देशमा भईरहेको बन्दाबन्दी (Lockdown) लम्बिने क्रमसंगै शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको मध्यवर्ती ईलाकाबाट बन्यजन्तु तथा बनपैदावारको चोरि पैठारी वढेको छ । जुन कुरालाई मध्यनजर राखि शुक्लाफाटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खट्टिएको देवीदल गणले आफ्नो गतिविधिहरु पनि बढाएको भनि देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिएकाछन् ।
पछिल्लो समयमा बन्दाबन्दी (Lockdown) को स्थानिय स्तरमा प्रभावकारी रुपमा लागु भएता पनि मध्यवर्ती ईलाकाबाट अवैध रुपमा निकुञ्जमा प्रवेश गर्ने तथा बन्दाबन्दी (Lockdown)को मौका छोप्ने क्रम पनि बढदै गएको छ । मिति २०७६/१२/२७ गते मध्यवर्ती क्षेत्रमा पर्ने बेदकोट न.पा. १ पिपलथला ईलाकामा वर्ष ३६ का लोक बहादुर चन्दको ईट्टा भट्टामा धानको भुषले पुरी लुकाई राखेको अवस्थामा सालको गोलिया गोटा ६ (जम्मा २४३ स्क्वायर फिट पक्राउ गरेको ।मिति २०७६/१२/२९ गते सु.न.पा. ६ स्थित मध्यवर्ती क्षेत्र पाण्डेय कृर्षि फर्म ईलाका भित्र अवैध रुपमा सालको रुख काटि चिरान गरेको अवस्थामा काठ तथा काठ काटने उपकरणहरु बरामत गरेको करिव ५५क्युफिट काठ फेला परेको । चम्पापुर ईलाकामा मिति२०७६/१२/१२ गते चम्पापुर स्थित मध्यवर्ती क्षेत्रमा अबैध रुपमा सालको रुख काटिरहेको अवस्थामा ४ जना तस्कर पक्राउ भएको तथ्याङ्कलार्इ हेर्दा Lock Down को अवस्थामा तस्करहरु सलबलाएको स्पष्ट हुन्छ ।मिति २०७६/१२/२८ गते मध्यवर्ती क्षेत्रको खैरभट्टि मन्दिर देखी अनाथ आश्रम ईलाका सम्म विभिन्न बन्यजन्तुको थापेको धराप तथा पासोहरु फेला पारेको छन्।

यसै गरी बन्दाबन्दी (Lockdown) को मौका पारेर विगत १० दिन देखी हाल सम्म शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा अवैध रुपमा प्रबेश गरी घाँसदाउरा संकलन, माछा मार्ने, स-साना बन्यजन्तुलाई धराप तथा पासो थाप्ने जस्ता कार्यहरु गर्ने ११५ जना महिला तथा पुरुषहरुलाई पक्राउ गरी कार्वाही गरेको भनि गणपति बस्न्यातले जानकारी दिए ।
विगतका केही घटनाहरु अर्जुनी ईलाकामा मात्रै विभिन्न समयमा गरी काठ तस्कर गर्ने तस्करहरु तथा लुकाई राखेको काठहरु बरामत भएको । अन्य मध्यवर्ती ईलाकाबाट पनि अवैध रुपमा बन्यजन्तु तथा बन पैदावारको चोरि पैठारी अघिल्लो बर्षको तुलनामा यस बन्दाबन्दी (Lockdown) को दौरान अत्याधिक रुपमा बढेको देखिएको छ । जसले गर्दा निकुञ्ज सुरक्षार्थ खट्टिएका सुरक्षाकर्मीहरुमा कोरोना भाईरस (COVID-19) को असरको सतर्कतासंगै निकुञ्ज क्षेत्रमा बढ्दै गईरहेको अवैध गतिविधिहरुलाई निर्मुल पार्नको लागी अन्य समयमा भन्दा बन्दाबन्दी (Lockdown) को दौरानमा झन बढी सक्रिय रुपमा आफ्नो गतिविधिहरु बढाएको छ । यस्तो खालको अवैध गतिविधिहरुलाई रोक्नको लागी सुरक्षाकर्मी मात्र नभई स्थानिय आम जनमानसको पनि महत्वपूर्ण भूमिका रहने हुदा यदि कंहिकतै यस्ता अवैध गतिविधिहरु हुने भन्ने थाहा भएमा नजिकको प्रहरी चौकी, निकुञ्ज प्रशासन र नेपाली सेनालाई खबर गरिदिनुहुन समेत गणपति बस्न्यातले अनुरोध गरेका छन् ।