• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चीन भर्सेस बाँकी विश्व : जब चीनले पासा पल्टायो

कोरोनासँग लड्न चीनको भर पर्दै विश्व

काठमाडौं । धेरै होइन, मात्र दुई महिना अगाडिको अवस्था सम्झौं । नेपालको छिमेकी चीनमा कोरोनाले कहर मच्चाइरहँदा बाँकी विश्व आफ्नै लयमा हिँडिरहेको थियो । पश्चिमा देशका मिडियाले त चीनलाई गिज्याउन पनि बाँकी राखेनन् ।

अहिले अवस्था उल्टिएको छ । संघर्षपूर्वक कोरोनाबाट बाहिर निस्केर चीन आफ्नो लयमा र्फकँदैछ । कोरोनाको इपिसेन्टरका रुपमा रहेको वुहान शहरलाई पनि उसले यसै साता खुला गर्‍यो । चीनमा कोरोना संक्रमण अहिले छिटपुट मात्रै बाँकी छ ।

तर, बाँकी विश्वलाई भने कोरोनाले हाराबारा खेलाइरहेको छ ।

कोरोनाभाइरस चीनबाट फाल हान्दै यूरोप पुग्यो । इटली, फान्स, स्पेनजस्ता पूर्वाधार सम्पन्न देशमा तवाही मच्चायो । अनि अमेरिकामा पसेर अड्डा जमायो । विश्वकै शक्तिशाली मानिएको राष्ट्र अहिले तोरीको फुल देखिरहेको छ ।

यतिबेला कोरोनाभाइरसबाट आक्रान्त विश्वका शक्ति देशहरु त्यही चीनले देखाएको बाटो हिँडिरहेका छन्, जसको शासन प्रणालीलाई उनीहरुले सँधै हियाउने गर्थे । समाजलाई बन्द राखेर जनताको स्वतन्त्रता हनन गरेको भनेर आलोचना गर्थे । अहिले उनीहरुलाई त्यही कम्युनिष्ट राष्ट्रको सहायता चाहिएको छ । अत्यावश्यक स्वास्थ्य सामग्रीको लागि अमेरिकाले समेत चीनसँग हात फैलाउनुपर्ने अवस्था आएको छ ।

दुई महिना अगाडिसम्म कोरोना चीनका लागि आतंकको विषय थियो । अहिले व्यापारको विषय बनेको छ । यूरोप(अमेरिकादेखि भारत(नेपालसम्म मेडिकल सामग्रीहरु चीनबाट हारालुछ गर्दै निर्यात भइरहेका छन् । जुन महामारीले चीनको अर्थतन्त्र धराशयी बनाउने आशंका गरिएको थियो, त्यही महामारीबाट चीनले प्रशस्त पैसा आर्जन गर्न थालेको छ ।

निर्यातको भेल

चीन सरकारको पछिल्लो तथ्यांक अनुसार उसले विश्वका ५० भन्दा बढी राष्ट्रलाई कोभिड(१९ सँग लड्न झण्डै डेढ अर्ब डलर डेढ खर्बरुपैयाँ भन्दा बढि० विभिन्न सामग्री आपूर्ति गरिसक्यो । यो गत मार्च १ देखि गत शनिबारसम्मको आँकडा हो ।

चीनले निर्यात गरेका सामग्रीहरुमा मास्क मात्रै ३ अर्ब ८६ करोड थान छन् । यसैगरि, २ करोड ७५ लाख थान पीपीई, २४ लाख १० हजार थान इन्प्रmारेड थर्ममिटर उसले निर्यात गरेको छ । साथमा १६ हजार भेन्टिलेटर (चार हजार इन्भेसिभ भेन्टिलेटरसहित० र टेस्टिङ किट्सहरु पनि ।

जतिबेला चीनमा कोरानाको संकट उत्पन्न भयो, चीनिया कम्पनीहरुले मेडिकल सामग्रीहरुको उत्पादन र वितरण ह्वात्तै बढाएका थिए । चीनमा कोरोना संक्रमण कम भइसकेपछि त्यहाँ माग घटेको छ । त्यसैले उत्पादित सामग्रीहरु बाहिर निर्यात गर्न थालिएको हो ।

कोरोनासँग जुझिरहेका अधिकांस राष्ट्र, चाहे जति शक्तिसम्पन्न किन नहुन्, मा अहिले पीपीई लगायतका सामग्रीहरुको अभाव छ । ती देशमा आफ्नो उत्पादनले धान्न सक्ने अवस्था नै छैन । तर, किन्ने कहाँ रु सबैजसो देश या त प्रकोपसँग लडिरहेका छन्, या प्रकोपबाट बच्न उच्च सतर्कता अपनाइरहेका छन् । त्यसैले यस्ता हेल्थ किटहरु उच्च परिमाणमा बेच्न सक्ने अवस्थामा चीनबाहेक अरु राष्ट्र छैनन् ।

अत्यधिक मागसँगै मूल्य त बढ्ने नै भयो । कतिपय चिनीया कम्पनीले एउटै सामग्रीको मूल्य १०(१५ गुणासम्म बढाएर बेचिरहेका छन् । त्यो पनि किन्नलाई हानाथाप नै छ । नेपालमा सरकारले आयात गरेका सामग्रीहरु पनि अत्यधिक मूल्य तिरिएको भनेर देशभित्र आलोचना भएको थियो ।

केही दिनअघि ब्राजिलले आफूले चीनबाट ल्याउन ठिक्क पारेका ठूलो परिमाणमा मेडिकल सामग्रीहरु बढी मूल्य तिरेर अमेरिकाले ‘हाइज्याक’ गरेको आरोप लगायो । यसैबाट थाहा हुन्छ कि संकट कति गहिरो छ ।

चीनको उत्पादन क्षमता

कोरोनाको कहर सुरु भएदेखि चिनीया कम्पनीहरुले मेडिकल सामग्रीहरुको उत्पादन लगातार बढाइरहेका छन् । उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अहिले यहाँ दैनिक १५ लाखभन्दा बढि पीपीई तयार हुन्छन् । यसैगरि एन९५ मास्कको उत्पादन क्षमता दैनिक ३४ लाख थान पुगेको छ । गत मार्च १५ सम्म पीपीई दैनिक ८ लाख ४२ हजार र मास्क १८ लाख मात्रै उत्पादन भइरहेको थियो ।

सरकारद्वारा अनुमतिप्राप्त कम्पनीहरुहरुले मात्रै दैनिक २ लाख ९० हजार प्रोटेक्टिभ गगल्स उत्पादन गरिरहेको अधिकारीहरु बताउँछन् । यसैगरि दैनिक ४ लाख १० हजार अन्फारेड थर्मोमिटर उत्पादन भइरहेको छ । यो आँकडा पनि एक महिना अगाडिको तुलनामा निकै बढि हो ।

यस्तै, अहिले चीनमा एक सातामा २ हजार २ सय युनिट इन्भेसिभ भेन्टिलेटर उत्पादन हुन्छन् । यो विश्वव्यापी उत्पादनको झण्डै पाँच भागको एक भाग हो । भेन्टिलेटर तयार गर्नका लागि आवश्यक सामानहरुको भने अभाव हुन थालेको कम्पनीहरुले बताएका छन् ।

तर, अझै पनि विश्वको माग धान्न सकिरहेको छैन चीनले । यही मौकामा व्यापार गर्ने होडमा केही कम्पनीहरुले सरकारको अनुमतिबिना अनाधिकृतरुपमा समेत उत्पादन गरिरहेका छन् । ती सामानहरुको गुणस्तरमा आफू जिम्मेवार नहुने चिनीया सरकारले बताएको छ । उसले अनुमतिप्राप्त कम्पनीहरुको सूची हेरेर मात्रै सामान खरिद गर्न अन्य देशलाई आग्रह गरिरहेको छ ।

गुणस्तरमा विवाद

चीनले कोभिड(१९ सँग लड्न विश्वभरका राष्ट्रलाई स्वास्थ्य सामग्री आपूर्ति गरेर धन्यवादको पात्र त बनेको छ, तर यसबीचमा केही विवादहरु पनि सतहमा आएका छन् । यूरोपका नेदरल्यान्ड्स, स्पेन र स्लोभाकीयाजस्ता देशमा चिनीया सामग्रीको गुणस्तरलाई लिएर ठूलै बबण्डर भयो ।

कोरोनाबाट अत्यधिक प्रभावित राष्ट्रका रुपमा रहेको स्पेनले चिनीया कम्पनीसँग गत २७ मार्चमा खरिद गरेका टेस्टिङ किट्सहरु गुणस्तरीय नभएको भन्दै बजारबाट फिर्ता गर्‍यो । ती किट्सहरुको एक्यूरेसी केवल ३० प्रतिशत रहेको स्पेनले दावी गरेको छ । यसमा स्पेनस्थित चिनीया राजदूतावासले आपूर्तिकर्ता सरकारको लाइसेन्सप्राप्त नभएको स्पष्टिकरण दियो ।

गत ३१ मार्चमा चीनको नेसनल मेडिकल प्रोडक्ट्स एड्मिनिस्ट्रसनले कोरोना भाइरसका टेस्ट किट्स निर्यात गर्नेहरुले सरकारबाट अनिवार्य दर्ता प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

यसैगरी, अर्को युरोपेली राष्ट्र नेदरल्यान्ड्सले चीनबाट आयात गरिएका दशौं हजार मास्क अनुहारमा राम्ररी नबसेको र यसले भाइरस रोक्न नसक्ने भन्दै आलोचना गर्यो । यसमा प्रतिक्रिया दिँदै चिनियाँ अधिकारीले आफ्नो देशमा फरक(फरक गुणस्तरका निर्यातजन्य वस्तुहरु उत्पादन हुने भन्दै तिनीहरुको प्रयोग उचित ढंगले गर्नुपर्ने बताए ।

स्लोभाकियाका प्रधानमन्त्री इगोर मातोभिकले गत महिना चीनबाट प्राप्त गरेका १० लाखभन्दा बढि टेस्ट किट्सहरु काम नलाग्ने भएकाले नदिमा बगाइदिएको दावी गरे । यसमा प्रतिक्रिया दिँदै चीनको विदेश मन्त्रालयका प्रवक्ताले ‘थथ्यका आधारमा समस्याको समाधान खोज्न र यसलाई राजनीतिक रंग नदिन’ आग्रह गरे ।

उनले भने, ‘हामीले पनि सुरुमा कोरोनासँग लड्दा विभिन्न देशबाट ल्याइएका सामग्रीमा खोट भेटेका थियौं । तर, ती देशको राम्रो मनसायको कदर गर्दै कुनै विवाद गरेनौं ।’

नेपालमा पनि चीनबाट आयातित सामग्रीहरुको गुणस्तरमा धेरै प्रश्न उठेका छन् । वास्तविक मूल्यभन्दा कयौं गुणा बढि तिरेर सामान आयात गरिएको थियो । ती सामान पनि मागबमोजिम नभएपछि सरकारले आयातकर्तासँगको सम्झौता तोडेर नयाँ प्रक्रियामा गइसकेको छ ।

त्यसो त सबै देशले चीनबाट प्राप्त सामग्रीहरुमा खोट लगाएका छैनन् । उदाहरणका लागि इटलीले चीन र क्युवाजस्ता राष्ट्रबाट संकटको बेला प्राप्त सहायताको खुलेर प्रशंसा गरेको छ । त्यहाँ चिनीया सामग्री ठूलो संख्यामा आयात भएर प्रयोगमा आइरहेका छन् ।

चीन भर्सेस अमेरिका

चीन अहिले हरेक हिसाबले विश्वकै शक्तिसम्पन्न मुलुकको सूचीमा पर्छ । कोरोना भाइरसको प्रकोपलाई उसले जसरी नियन्त्रणमा लिन सफल भयो, त्यसले विश्वस्तरमा चीनको साख अझ उच्च बनाएको छ । अहिले अमेरिकाजस्तो चीनलाई प्रमुख प्रतिस्पर्धी ठान्ने देशले पनि कोरोनाविरुद्ध लड्न उसैको मुख ताक्नु परिरहेको छ ।

जतिबेला चीनमा कोरोना भाइरसको संक्रमण फैलिन थाल्यो, त्यसबेला अमेरिकाले आफूप्रति रुखो व्यवहार गरेको चीनले आरोप लगाएको थियो । चीनको वुहान शहरमा संक्रमण देखिनासाथ अमेरिकाले अत्यावश्यकबाहेक बेइजिङस्थित आफ्नो दूतावासका सबै कर्मचारी तथा तीनका परिवारलाई फिर्ता बोलाएका थियो । साथै, चीनबाट वा पछिल्लो २ साता त्यहाँ गएका कुनै पनि देशका नागरिकलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय उसले लिएको थियो ।

यस्तो कठोर कदम चाल्ने विश्वमै पहिलो देश अमेरिका थियो । यसलाई लिएर चीनले ‘अमेरिकाले अनावश्यक त्राश उत्पन्न गर्न खोजेको’ आरोप लगायो । अहिले आएर अमेरिका आफैं कोरोनाको भुङ्ग्रोमा परेको छ । संसारमा सबैभन्दा बढि संक्रमित अमेरिकामा नै छन् । संक्रमित संख्या ४ लाख नाघ्दा मर्नेहरुको संख्या १५ हजार नाघेको छ । कोरोनालाई परास्त गर्न अमेरिकाले कुनै आक्रामक रणनीति लिन सकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई बारम्बार ‘चाइनिज भाइरस’ को नाम दिए, जसमा चीनले आपत्ति जनायो । इटलीले समेत अमेरिकाको लहैलहैमा राखेर यसलाई ‘चाइनिज भाइरसको संज्ञा दिएको थियो । यही ‘चाइनिज भाइरस’ ले गाल्दै लगेपछि दुवै देश चीनसँग सम्वन्ध सुधार्नेतर्फ लागेका छन् ।

कोरोनाको प्रकोपले अमेरिका, इटाली हल्लिइरहँदा चीनले कुनै प्रतिशोधको व्यवहार देखाएको छैन । बरु सहयोग नै गरिरहेको छ । चीनलाई स्वास्थ्य सामग्रीहरु उल्लेख्य परिमाणमा निर्यात गरिसकेको चीनले भविष्यमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाएको छ ।

अब नयाँ महाशक्ति चीन ?

अहिले कोरोनाभाइरस नियन्त्रणमा धेरै देशहरु चीनको शरण परिरहेका छन् । विश्वको नक्शा हेर्ने हो भने अप्रिmका र ल्याटिन अमेरिकी देशहरुलाई छोडेर बाँकी देशहरुमा कोरोनाले सुँड पसारिसकेको छ । यस्तो बेला अनुभव र स्रोत(साधन दुवैले धनी चीनमाथि सबै देशको आशापूर्ण नजर छ ।

चीन पहिल्यैबाट विश्वको ‘म्यानुफ्याक्चरिङ हब’का रुपमा चिनिन्छ । चीनका उत्पादनहरु विश्वभरि फैलिएका छन् । व्यापार फैलिनु भनेको प्रभाव विस्तार पनि हो । अहिले चीनबाट मेडिकल इक्वीपमेन्ट आयात गरिरहेका देशहरु स्वभाविकरुपमा चीनप्रति अनुग्रहित वा ऋणी बन्नेछन् ।

यता अमेरिकासँग कोरोना भाइरसबाट मुक्तिका लागि कुनै बलियो कार्ययोजना छैन । राष्ट्रपति ट्रम्पले देशलाई लकडाउन गरेका छैनन् भने डढेलोजसरी भाइरस फैलनबाट रोक्न पनि सकेका छैनन् । बडो फुर्तिसाथ उनले ‘अमेरिका बन्द हुनका लागि बनेको देश होइन’ भने पनि अहिले उनको त्यो फुर्ति सेलाएको छ । तर, पनि अब कुन मोडेलमा जाने भन्नेमा उनी अन्योलमै देखिन्छन् । जबकि अमेरिकी स्वास्थ्यप्रणालीमा संकट आइसकेको छ ।

ट्रम्प स्वयम्ले कोरोनाभाइरसबाट अमेरिकामा २ लाख ४० हजारसम्म मानिसको मृत्यू हुन सक्ने बताएका छन् । यदि साँच्चै त्यस्तो भयो भने अमेरिकालाई मानवीय मात्र होइन, आर्थिकरुपमा पनि अभूतपूर्व क्षति हुन सक्छ । उसको सुदृढ अर्थतन्त्र धराशयी बन्न सक्छ । त्यसबाट उठेर विश्वमा आफ्नो पुरानो दवदबा फर्काउन अमेरिकालाई सहज हुने छैन । त्यो अवस्थामा अमेरिकाको विश्व महाशक्तिको ताज भूईंमा खस्न र त्यसलाई चीनले टिपेर आफ्नो शीरमा लगाउन असम्भव छैन ।

शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.