काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ७ लाख २१ हजार नागेको छ । त्यस्तै एक लाख ५१ हजार भन्दा बढीको उपचार भइरहेको छ । त्यस्तै विश्वभर पाँच लाख ३५ हजार सात सय ९६ जनाको उपचार भइरहेको छ भने ३३ हजार ९ सय २६ जनाको ज्यान गएको छ ।
सबैभन्दा धेरै इटलीमा १० हजार सात सय ७९ जनाको ज्यान गएको छ । स्पेनमा पनि ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । स्पेनमा गएको २४ घण्टामा सबैभन्दा धेरै आठ सय २१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ हजार आठ सय तीन पुगेको छ । यसैगरी अमेरिकामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढ्दै गएको छ । अ
मेरिकामा आइतबार एकैदिन साढे १७ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिकामा एक लाख ४१ हजार एक सय ६९ जनामा कोरोना भएको पुष्टि भएको छ