टीकापुर ८ चैत- सुदूरपश्चिम प्रदेशको नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले कोरोना भाईरसको सचेना र साबधानीका अबस्थाका बारेमा बझ्न टीकापुरको नेपाल भारत सिमा खक्रौला नाकाको अनुगमन गरेका छन् ।
‘नाकाको अवस्था र कोरोना भाइरस नियन्त्रणमा नगरपालिकाले गरेको व्यबस्थाका बारेमा बुझ्न गएका हौं,’ नेता रावलले,‘नाकामा भारतबाट आउने क्रम बढेको रहेछ । भारतबाट आउने हरेक लाई चेक जाँच कडा गर्नुपर्छ ।’ उनले भारतले आफ्नो सीमामा पनि चेकजाचलाई कडा बनाएको बताए ।
नेता रावलले खक्रौला नाकामा कोरोना भाईरसको चेकजाचको अबस्था बझ्न् सिमामा अनुगमन गरेको बताए । बिश्वभरी नै कोरोनको सन्त्रास भएकोले नेपालमा प्रबेश गर्न नदिन सरकारले सिमामा बिशेष सुरक्षा योजना बनाउन नेता रावलको आग्रह छ । उनले नाकामा भइरहेको आवत जावतका बारेमा सरकारले निगरानी गर्न जरुरी बताए ।


