सागर जोशी
काठमाण्डौ २१ फागुन
नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले योनेक्स डच जुनियर इन्टरनेसनलममा लगातार दोस्रो जित निकालेको छ ।नेदरल्यान्डको हादिम शहरमा शुक्रबार राति भएको डच जुनियर यु–१९ को पुरुष एकलमा प्रिन्सले चाइनिज ताइपेइका हुङ हुआङलाई २–१ को सेटमा पराजित गर्दै प्रिन्स लगातार दोस्रो जितसहित प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।
सिरिजमा सातौ वरीयता पाएको प्रिन्सले पहिलो सेट १४–२१ ले गुमाएपनि त्यसपछिको दुई सेटमा जित निकाल्न सफल भएको थियो । प्रिन्सले दोस्रो सेट २१–१३ र तेस्रो सेट २१–१८ ले जित्न सफल भएको नेपाली टिमका व्यवस्थापक तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले जानकारी गराए ।हुङ हुआङविरुद्धको खेलमा प्रिन्सले नेदरल्यान्ड बसोबास गर्दै आएका नेपाली समर्थकहरुको साथ पाएको थियो । यसअघि प्रिन्सले पहिलो खेलमा रसियाका आर्थर पेचेनकिनलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । अब प्रिन्सले प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेइकै एचएसयु चे युसँग प्रतिस्पर्धा गर्नेछन् ।
सिरिजका लागि प्रिन्ससहित प्रशिक्षक कमलेस निरौला र व्यवस्थापक सुवास श्रेष्ठ गत मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए । प्रिन्स नेदरल्यान्डमा डच जुनियर इन्टरनेसनल २०२० पछि जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्न जर्मन प्रस्थान गर्नेछ । डच जुनियर इन्टरनेसनल सिरिज २६ देखि १ मार्चसम्म हुनेछ । त्यसपछि उनी ४ देखि ८ मार्चसम्म हुने जर्मन जुनियर इन्टरनेसनलका लागि जर्मनी प्रस्थान गर्नेछन् ।
गैरआवासिय नेपाली संघ (एनआरएनए) का नव(निर्वा्चित अन्तराष्ट्रिय युवा संयोजक तथा समाजसेवी हिमाल गुरुङले नेपालबाट जÞुनीयर सिरीजको ब्याडमिन्टन प्रतियोगितामा गाएका प्रिन्स दाहालको मनोवल र हौसला बढाउदैँ नेपाली टोलीलाई समर्थन गरेका छन । यो जीतसँगै प्रिंसले क्वा‘टर फाइनलमा आफनो नाम सुनिश्चित गरिसकेका छन ।
