प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सुदुरपश्चिम प्रदेशका ससदिय दलका नेता डा. रण बहादुर रावलले बर्तमान सुदुरपश्चिम सरकार बिकास भन्दा पनि भ्रस्टाचारमा लिप्त रहेको बताउनु भएको छ । उहाले मन्त्रालयका सामानमा पनी भ्रष्टाचार गर्ने गरेको बताउनु भयो । साथै सरकारले पत्रकारको बोलि बन्द गर्दै प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गर्न खोजेको बताउनु भयो ।
नेपाल प्रेस युनियन जिल्ला शाखा अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले वर्तमान सरकार सञ्चालनको लक्षण निरंकुश, स्वेच्छाचारी र अधिनायकवाद देखिएको आरोप लगाउनु भएको छ । उहाले उहाले नेपाली भुमी मिचिदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको बताउनु भयो ।
नेपाल प्रेस युनियन अछामका सभापति टक प्रसाद रिमालको अध्यक्षता मा भएको कार्यक्रममा बोल्दै नेता रावलले बर्तमान सरकार तानाशाही तरिकाले अगाडि बढिरहेको बताउदै नेता रावलले सरकारले बिधेक पास गर्दा पनि आफुलाइ सहज हुने गरि मात्र पास गर्ने गरेको आरोप लगाउनु भयो ।
काङ्ग्रेस नेता रावलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलका छोरा नविनलाई उन्मुक्ति दिएको भन्दै आलोचना गरेका छन्।
सुदुरपश्चिम सरकार बिकास भन्दा पनि भ्रस्टाचारमा उत्कृष्ट : काँग्रेस नेता रावल
सुदुरपश्चिम सरकार बिकास भन्दा पनि भ्रस्टाचारमा उत्कृष्ट : काँग्रेस नेता रावल