धनगढी, फागुन १३- धनगढीमा विद्यालय स्तरीय टेवल टेनिस प्रतियोगिता सुरु भएको छ । कैलाली जिल्ला खेलकुद विकास समिति र कैलाली जिल्ला टेवल टेनिस संघको संयुक्त आयोजनामा धनगढीको कभर्ड हलमा विद्यालय स्तरीय टेवल टेनिस प्रतियोगिता सुरु भएको हो ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुराजा श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा वोल्दै अध्यक्ष श्रेष्ठले तल्लो तहदेखि नै विभिन्न खेलका खेलाडीहरु उत्पादन गर्नका लागि विद्यालय स्तरीय प्रतियोगिता गर्दै आएकोमा टेवल टेनिसको प्रतियोगिता गरिएको बताउनुभयो । उहाँले टेवल टेनिस प्रतियोगिताले टेवल टेनिसका नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुराउने विश्वास गर्नुभयो ।
कैलाली जिल्ला टेवल टेनिस संघका अध्यक्ष रमेश पाण्डेयको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टोपवहादुर बिष्टले गर्नुभएको थियो । टेवल टेनिस प्रतियोगितामा ८ विद्यालयका ५० जनाभन्दा वढी खेलाडीहरुले सहभागीता जनाएका छन् ।
प्रतियोगितामा विभिन्न चार विधामा प्रतिस्पर्धा भईरहेको छ । कक्षा ८ मुनिका छात्र र छात्रा तथा कक्षा १२ सम्मका छात्र र छात्राहरुको प्रतियोगिता भईरहेको टेवल टेनिसका सहायक प्रशिक्षक निरज चन्दले जानकारी दिनुभयो । पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।