• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पुनर्वासमा जारी मेयर कपमा पुर्नवास निलो र धनगढी उप महानगरपालिका सेमिफाईनलमा प्रवेश

पुनर्वास,२८ माघ – कञ्चनपुरको पुनर्वासमा भईरहेको प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार दुई खेल भएका छन् । पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ को मंगलवारका खेलमा विजयी हुँदै आयोजक पुर्नवास नगरपालिकाको निलो टीम र धनगढी उपमहानगरपालिका सेमिफाईनलमा पुगेका छन् ।

पुर्नवास नगरपालिका वडा नम्बर ३ स्थित ६५ विगाहको खेल मैदानमा मंगलवार भएको पहिलो खेलमा पुर्नवास नगरपालिका निलोले भिमदत्त नगरपालिकालाई २–० ले हरायो । पहिलो हाफ गोल रहित वरावरी भएपनि आयोजक टीमले दोस्रो हाफमा दुई गोल गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पुर्नवासका लागि सुदिप घर्तीले दोस्रो हाफको २१ औं मिनेट र सुदिप तामाङले दोस्रो हाफको २९ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच पुर्नवास निलोका सुदिप तामाङ भए । उनले नगद दुई हजार प्राप्त गरे । उनी यसअघिको खेलमा पनि म्यान अफ द म्याच भएका थिए ।

मंगलवारको दोस्रो खेलमा आयोजक पुर्नवास नगरपालिका रातोलाई धनगढी उपमहानगरपालिकाले ३–२ ले किनारा लगायो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ८ औं मिनेटमा किरण वोहोराले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिए । त्यसको ६ मिनेटपछि धनगढीका कप्तान कुवेर सिंहको फ्रिकिक प्रहार गोलमा परिणत भएपछि धनगढी उपमहानगरपालिकाले अग्रता दोब्बर पार्यो । पहिलो हाफकै २५ औं मिनेटमा पुर्नवास रातोका लागि कप्तान फिलिप तामाङले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुराए । दोस्रो हाफको २१ औं मिनेटमा पुर्नवास रातोले पेनाल्टी एरियाभित्र ह्यान्ड गरेपछि धनगढीले पेनाल्टी पायो । त्यसलाई धनगढीका अमन चौधरीले गोलमा परिणत गरे । दोस्रो हाफको ३२ औं मिनेटमा पुर्नवास निलोका फिलिप तामाङले व्यक्तीगत दोस्रो गोल गरे । त्यसपछि कुनै पनि टीमबाट गोल हुन सकेन् । खेलमा पुर्नवास रातोका फिलिप तामाङ म्या अफ द म्याच भए । उनले नगद दुई हजार पाए । धनगढी उपमहानगरपालिकाले यसअघि क्वाटरफाईनलमा वाई पाएको थियो ।

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा वुधवार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा वेलौरी नगरपालिका र मधुवन नगरपालिका वर्दिया तथा दोस्रो खेलमा गोदावरी नगरपालिका र महाकाली नगरपालिका बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका मिडिया संयोजक भरत वोहोराले जानकारी दिनुभयो ।

प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका छन् । सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भईरहेको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा सुरु भएको मेयर कप फुटबल नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगिताका संयोजक खडक विक्रम थापाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो ।

त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेष्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।

मङ्गलबार, माघ २८, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.