चक्र मल्ल
बडिकेदार(डोटी) २८ माघ
डोटीको बडिकेदार गाउपालिकामा दोस्रो गाउपालिका स्तरिय दोस्रो स्थानिय तह राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिता मंगलबारदेखी सुरू भएको छ । बडिकेदार गाउपालिका हरेक बर्ष गदै आएको रनिङ्ग सिल्ड प्रतियोगिता यसबर्ष पनि सञ्चालन गरेको छ ।
प्रतियोगिताको उद्घाटनमा बोल्दै बडिकेदार गाउपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बडिकेदार गाउपालिकालाई खेलकुदको माध्यमबाट नमुना क्षेत्र बनाउन सहयोग पुग्ने बताए । गाउँगाउँ सिहदरबार पुगेको महसुस गर्ने गरी अहिले बिकासको सबै स्थानमा समान गरिरहेको अध्यक्ष चन्दको भनाई छ । अब सबैले गाउपालिकाको बिकास निमाणका काममा हातेमाले गरी लाग्नुपर्ने उहाको भनाई छ ।
सो कार्यक्रममा बोल्दै बडिकेदार गाउपालिका उपाध्यक्ष ईन्द्रा भाट बोहराले खेलबुद क्षेत्रलाई अगाढि बढाउन सदैब लागिरहने बताईन् । साथै खेलकुद मा पुरूष भन्दा पनि महिलाको सहभागिता बढी गराउनेमा उनको जोड थियो । साथै सो कायक्रमा बडिकेदार का ७ वटा मावि तहका बिद्यालयको सहभागिता रहेको छ