धनगढी, माघ १९– धनगढी उप–महानगरपालिकाले आयोजना गरेको दोश्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा ऐश्वर्य विद्या निकेतन प्रथम भएको छ । तीन दिनसम्म सञ्चालन भएको रनिङ सिल्डमा ऐश्वर्य विद्या निकेत प्रथम भएको हो । ६ स्वर्ण ५ रजत सहित ऐश्वर्य च्याम्पीयन भएको हो ।
त्यस्तै एरिष्ट्रो स्कुल दोस्रो भएको छ । एरिष्ट्रोले ५ स्वर्ण ५ रजत ५ कास्य पदक जित्यो । त्रिनगर मावि तेस्रो भयो । त्रिनगरले ५ स्वर्ण ३ रजत र ७ कास्य पदक जित्यो । छात्र भलिवल तर्फ धनगढी नमुना मावि पहिलो,शिव मावि दोस्रो तथा वेहडावावा मावि र एरिष्ट्रो स्कुल तेस्रो भयो । छात्रा भलिवल तर्फ वेहडावावा मावि पहिलो त्रिभुवन मावि दोस्रो तथा पञ्चोदय मावि र त्रिनगर मावि तेस्रो भयो । कवड्डी छात्र तर्फ शारदा मावि पहिलो त्रिभुवन मावि दोस्रो तथा ठेकराज मावि र भवानी मावि तेस्रो भए । छात्रा तर्फ त्रिनगर मावि पहिलो, फुलवारी मावि दोस्रो तथा वेहडावावा र सरस्वती मावि तेस्रो भयो ।
प्रतियोगितामा ४ विद्यालय भने पदक विहीन भएका छन् । उनीहरुले कुनै पनि खेलमा पदक हासिल गर्न सकेनन् । प्रतियोगितामा एथलेटिक्स, भलिवल र कवड्डी तर्फका छात्र र छात्रा खेल आयोजना गरिएका थिए । विजयी खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ । रनिङ सिल्डमा नगर क्षेत्रमा २२ वटा विद्यालयहरुले सहभागिता रहेको छ ।
