• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हिमपातले बझाङमा ५ करोड बराबरको क्षति, २ जनाको मृत्यु

बझाङ । माघ महिनाको अन्तिम सातादेखि पर्न सुरु भएको हिमपातका कारण बझाङमा ठुलो क्षति भएको छ । लगातार ४ पटक परेको हिमपातका कारण सुर्मा गाउँपालिका २ जनाको मृत्यु भएका छ भने एघार सय भन्दाबढी पशु चौपाया मरेका छन् ।

हिमपातका कारण सबै भन्दा बढी साईपाल गाउँपालिकामा क्षति भएको छ । साईपाल गाउँपालिका भरी एक जार ७ सय भन्दा बढी भेडा च्यांग्रा नै मरेका साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताए । झण्डै यहाँ तिन सय परिवारले भेडा च्याङ्ग्रा पालेका छन् । बाक्लो हिमपात भएपछि एक करोड ३ लाख बरबरका भेडा, च्याङग्राहरु मरेका छन् भने गाउँपालिकाले वितरण गरेका ६ लाख ५० हजार बराबरका विभिन्न जातका फलफुलका बोटहरुमा नोक्सान पुगेको छ । गाउँपालिका भरी एक करोड ९ लाख ५० हजार मुल्य बराबरको नोक्सान भएको धामीले बताए ।

यस्तै जिल्लाको तल्कोट गाउँपालिकामा २२ लाख ५० हजार मुल्य बराबरको नोक्सान भएको गाउँपालिकाका अध्यक्ष लाल बहादुर विष्टले जानकारी दिए । हिमपातका कारण दाँतोली गाड लघुजल विद्युत आयोजना र मल्लो सुगाड लघु जलविद्युत योजनाका पोलहरु ढलेर १५ लाख बराबरको नोक्सान भएको छ । अहिले विद्युत सेवा पुर्ण रुपमा अबरुद्ध भएको उनले बताए । गाउँपालिकाले वितरण गरेका ३० भन्दा बढी टर्नेल हाउसहरु पुर्ण रुपमा क्षति पुगेको जसबाट ७ लाख ५० हजार बराबरको क्षति भएको विष्टले जानकारी दिए ।

यता खप्तड छान्ना गाउँपलिका भरी एक करोड २ लाख ३५ हजार मुल्य बराबरको नोक्सान गरेको छ । एकै पटक बाक्लो हिउँ परेका कारण गाउँपालिकाबाट वितरण गरिका २ सय ८ भन्दा बढी टर्नेल हाउस भत्केका छन् भने विभिन्न ठाँउमा विद्युतका पोलहरु भाँचिएको र गाउँपालिकाले वितरण गरेका दाँते ओखर, कागती, केराका बोटलगायतका फलफुहरु पुर्ण रुपमा नष्ट गरी दिएको गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले बताए ।

अधिकांश फलफुलका बोटहरु काम नलाग्ने गरेर भाँचिएका उनले बताए । आफु समेत किसान भएको बताउँदै उनले आफ्नो मात्रै २५।३० लाख बराबरको नोक्सान हिमपातले गरेको बताए । गाउँपालिका भरी कति क्षति भयो भन्ने कुराको डाटा आई सकेको उनले जानकारी दिए । जिल्ला भरिमा सबै भन्दा कम क्षति जयपृथ्वी नगरपालिकामा भएको छ । विभिन्न प्रजातीका कागती अमिलो लागतका फलफुहरु र टर्नेलहरु गरेर जम्मा ५ लाख मुल्य बराबरको मात्रै क्षति भएको तर तथ्याङ्क लिने काम नसकिएको जयपृथ्वी नगरपालिकाका कृर्षि संयोजक राम बहादुर खड्काले बताए ।

नगरपालिकाको तल्लो क्षेत्रमा कम हिउँ पर्ने भएका कारण माथिल्लो क्षेत्रमा मात्रै हिउँले क्षति पुगाएको उनले बताए । मष्टा गाउँपालिमा ४१ लाखको क्षति भएको छ । ३० लाख मुल्य बराबरका टर्नेलहरुमा क्षति पुगेको छ भने ६ लाख मुल्य बराबरका फलफुहरु र ५ लाख मुल्य बराबरको विद्युतका पोल तथा तारहरु नोक्सान पुगकेको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतले बताए ।

यता सुर्मा गाउँपालिकामा भने २ जना युवाको हिउँमा पुरिएर मृत्यु भएको सुर्मा गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष पुस्कल बहादुर बोहराले जानकारी दिए । अन्य क्षतिमा गाउँपालिकाबाट अनुदानमा वितरण गरीएका १८ लाख ७५ हजार मुल्य बराबरका टर्नेलहरु, २ लाख २५ हजार मुल्य बराबरका पशु चौपाय तथा भेडा, बाख्रा मरेको उनले बताए ।

थलारा गाउँपालिकामा फलफुल तथा तरकारी खती टर्नेल हाउस लगाएर जम्मा १० लाख मुल्य बराबरको क्षति भएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले जानकारी दिए । दुर्गाथली गाउँपालिकामा समेत जुईली गाड दोस्रो हाईड्रो पावरका पोलहरु भाँचिएका र २ वटा घर भत्किएको, गाउँपालिकाबाट वितरण गरिएका टर्नेल हावससंगै विभिन्न प्रजातिका फलफुलहरु नोक्सान हुँदा ३० लाख मुल्य बराबरको क्षति भएको भएको गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले जानकारी दिए ।

केदार स्युँ गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर भण्डारीका अनुसार गाउँपालिकाको वडा नम्बर २,३,५,६,७ मा हिउपातका कारण फलफुल तथा अन्नबाली लगाएर १७ लाख मुल्य बराबरको क्षति गरेको जानकारी दिए । बुंगल नगरपालिकाको वडा नम्बर ४ र ५ बाहेक अन्य ठाँउमा हिउँले १५ लाख ६५ हजार मुल्य बराबरको क्षति पुगेको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिकामा समेत हिमपातले झण्डै एक करोड मुल्य बराबरको क्षति गरेको गाउँपालिकाका अध्यक्ष अक्कल बहादुर धामीले बताए । सबै भन्दा बढी क्षति कृर्षि क्षेत्रमा भएको उनको भनाई छ । फलफुलका बोटहरु ढलेका र गाउँपालिकाले वितरण गरेका सबै फलामे टर्नेलहरु भाँचिएर काम नलाग्ने आवस्थामा पुगेको उनको भनाई छ । यस्तै विथ्थडचिर गाउँपालिकामा समेत हिमपातले क्षती गरेको गाउँपालिकाले जनाएको छ ।

यता जिल्ला प्रशासन कार्यालयमा भने सो कुराको तथ्याङ्क नभएको तर २ जनाको हिमपातका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । अहिले सबै स्थानीय तहबाट हिमपातले कुन ठाँउमा कति क्षति गरेको छ सो कुराको विवरण लिने काम भैरहेको उनले जानकारी दिए ।

मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.